महानायक राजेश हुन कि होइनन !

दीपाले होच्याउदा राजेशको हाइट घट्ने अनि बढाउदा बढ्ने हुन् सक्तैन राजेशले पनि दीपालाई होच्याएर या बोकेर हाइट तलमाथि गर्न सक्तैनन् । यिनीहरु दुवैको हाइट यिनीहरुको कला,श्रम र शिपमा आधारित दर्शक श्रोता र प्रशंसकले निर्धारण गरेका हुन । निर्विवादित कुनै कुरा हुन्न ।


 महानायक राजेश हमाल हुन या होइनन को विवादमा यतिबेला सिनेकर्मी देखि सर्वसाधारण अनि राजेस हमलाका फ्यान देखि सबै सबै बिबादित बनेर आ आफ्नो पक्षको पृष्ठ पोषणमा खरो शालीन र मौन सबै तवरबाट बिरोध र समर्थन भएको देखिन्छ । समाज तरंगित र खण्डित छ।

कलाकर्मीको गुट र उपगुट बाट बाद र प्रतिबाद सम्म भएको देखिन्छ । मत विमत पाइन्छ । गज्जब त यो छ कि कलाकार सिनेकर्मी सफल सिने उद्योगी दीपा निरौलाको निर्णय या बोलीमा नै धरापमा पर्ने कस्तो महानायक पदवी, बिल्ला या फुली हो ? कुनै एक ब्यक्तिले महानायक मान्न या नायक नै होइन भन्दा पनि हल्लीखल्ली हुने पदवी र सिने जगत देख्दा भने अचम्म मान्नुपर्ने देखियो ।

सत्ताको झगडा झैँ सिनेकर्मीको लफडा पनि केवल लक डाउनको नियास्रो र छटपटीमा टायम पास गर्ने मेलो मात्रै हो कि ? चित्त दुखेको दुखाएको हो ? सबैलाई सबै मन नपर्न सक्छ । सबैले मन पराएका या मानेका व्यक्तिलाई कसै कसैले मन नपराउन या नमान्न सक्छन व्यक्तिको मन पराउने स्वतन्त्रता र छूटलाई यति ठुलो बिबाद र अहमको विषय बनाउनु आवश्यक थिएन ? खै किन चित्त दुख्यो राजेश हमाललाई मुटु चिरिने गरेर ? खै किन महानायक मान्न अस्विकार गरिन दीपाले ? हाम्रो समाजको बास्तविक चित्र र संकीर्ण सोच र गालीगलौजको रुप सार र बास्तविक मुहार देखिन्छ ।

असहमति र विमतिमा कस्तो क्रिया प्रतिक्रिया गर्न तयार छ हाम्रो सामाजिक संजालको जमात भन्ने अध्ययन र अनुसन्धान गर्न सहज छ । सोचको स्तर र हाम्रो बौद्धिकता झल्कन्छ । लक डाउनले गुमनाम बस्नुको पीडाले फण्डा गरेर राहत लिन खोजेको पारस्परिक सल्लाह बमोजिम नै रचिएको कृतिम बनिबनाउ र प्रयोजन परक हल्ला खल्ला मात्रै त होइन ? आशंका र संशय गर्ने प्रसस्त आधारहरु छन् ?

आफ्नो धरणा नै बनाई सकेपछि पटकपटक माफि माग्नु आफ्ना समर्थकलाई माफी माग्न लगाउनु दिपक राज गिरीले समेत माफी माग्नु किन पर्यो ? कतै नौटंकी त होइन ? दीपाले दिने पगरीको अभावमा खोसिन्छ त राजेश हमलाको महानायकि ? महानायकि प्रतिभा क्षमता र कलाले पाउछ कि व्यक्तिको मर्जी र तजबिजले अहम प्रश्न हो यो ।

बरु माग्ने बुढा आर्थात केदार घिमिरेको माफी मगाईमा एउटा स्वीकारोक्ती छ छोरी भएर जन्मनुको दोष नै पहिलो र मुख्य गल्ति भयो । यसमा प्रकारान्तरको सत्य छ यथार्थ छ । लैंगिक विभेदको कारण देखिएको आक्रोश र पिडा छ । च्यालेन्ज दिने दीपा डिप्रेसनमा पुग्ने गरि हतास र निरास बन्नुमा पनि लैंगिक आक्रमण भएको छ । एउटी नारी अर्थात महिला आइमाई भएर महानायक राजेश हमाललाई चुनौती दिने जस्ता कुराले पक्कै पनि भेद जन्य ब्यबहार र आक्रोश पोखेको छ ।

अरुले जे सुन्न चाहन्छन या अरुको रुची मर्जी र इच्छा नै आफ्नो पनि रुची मर्जी र इच्छा ठान्दिनु पर्ने विरोधाभाष परिवेश र व्याख्याको कारण नै दीपाको आफ्नो विचार र धारणा माथि आक्रमण भएको हो । फरक मत फरक दृष्टिकोण र विचार सहन गर्न नसक्नु नै आम मान्छेको अल्पज्ञान र अर्धचेतना हो । व्यक्तिको आफ्नो दृष्टिकोण सबैले मान्नु र ग्रहण गर्नु पर्छ भन्ने छैन ।

दीपाले होच्याउदा राजेशको हाइट घट्ने अनि बढाउदा बढ्ने हुन् सक्तैन राजेशले पनि दीपालाई होच्याएर या बोकेर हाइट तलमाथि गर्न सक्तैनन् । यिनीहरु दुवैको हाइट यिनीहरुको कला र श्रम र शिपमा आधारित दर्शक श्रोता र प्रसंसकले निर्धारण गरेका हुन । निर्विवादित कुनै कुरा हुन्न । कानुनको फैसला समेत मतको आधारमा हुने देश हो हाम्रो । न्यायाधिशको टाउकाको आधारमा होइन टाउकाको संख्याको आधारमा न्यायिक निरुपण हुने मुलुकमा विवाद र फरक मत अनौठो होइन ।

यद्दपि  हाम्रो समाज पढन समाजको, सहिष्णुता नाप्न असहमत पक्षको स्थान बुझ्न अनि नारीको स्थान निर्धारण गर्न केहि हप्ता अघिको सरिता गिरि प्रकरण दीपा निरौला र राजेश हमाल विवाद अनि मोहोना अन्सारीको विचारमा लगाउन खोजेको भालेवाद अनि नागरिकता लगायत प्रसंगलाई एक मुष्ठ जबाफको रुपमा इन्द्रा अधिकारीको सामाजिक संजालमा पोस्ट भएको निम्न भनाइ र संकेतले प्रस्ट पार्छ । ‘’नेपाली समाजमा पोथी बासेको सुन्ने बितिक्कै काटेर खाने पुरानो चलन हो । त्यसको नयाँ संस्करणमा सरिता गिरी र मोहना अन्सारी काटिए ।’’ उपर्युक्त भनाइलाई पूर्णता दिन म पूर्व उपसभामुख डाक्टर सिबमाया तुम्बाहाम्फेको नियति र हाल दीपाश्री निरौलाले पाएको गालीगलौज, मानमर्दन र अपमानलाई पनि संगै राख्न चाहन्छु । खबरदार ! भालेवादको विरुद्द अर्को कुनै आइमाईले प्रश्न गर्ने आँट नगरुन ।

 देशको माया गर्ने र राष्ट्रियताको ठेक्का लिने जिम्मा पुरुषको मात्रै हो । भालेसँग मात्र देश जोगाउने लाइसेन्स र अभिभारा छ । महिला अराष्ट्रिय हुन्छन । यिनको काम यौन, मनोरंजन र चल्ला कोरल्ने ह्याचरी बन्नु सिबाय अरु होइन ? न यिनको छुट्टै र स्वतन्त्र अस्तित्व छ न देश ? त्यसैले यिनलाई प्रथम श्रेणीको नागरिक मानिरहनु पर्दैन । आज पनि महिलाप्रति हेर्ने दृष्टिकोण यो भन्दा पर जान नसकेको उदाहरण र प्रसंगहरु हुन यी ।

तसर्थ तर्क विचार र बिमत राख्ने बित्तिकै नारी माथि हुने आक्रमण र गालीको वर्षा हाम्रा संस्कारगत सोच र समाजको बिम्ब हो ल नारीहरु सदैव प्रश्ननीय हुन्छन तर पुरुषहरु अप्रश्नीय छन र हुनुपर्छ आम भालेवादको धारणा सुदुर ग्रामिण इलाकादेखि शासन प्रशाशन गर्न सिंह दरबार बस्नेहरु सम्मको एकै छ उही छ ।

भारतमा अमीताभ बच्चन अहिलेपनि पनि लिडीङ रोलमा अभिनय गरीरहेकै छन् । बरु उनका छोरा अभिशेकका फिल्म खासै जमेनन । रजनीकान्त बुढेशकालमा पनि हिरोकै रोलमा छाइरहेका छन । कुनै पनि क्षेत्रमा जो कर्ममा निरन्तर सक्रियतापुर्वक लागीरहन्छ उही सच्चा महानायक हो । जनताको हिरो हो । राजेश हमाल पनि आफ्नो पुर्व लगानी होइन वर्तमानको सक्रियता र निरन्तरता नायकी छवी र गहन अभिभावकीय भूमिकामा रहे बसे भने महानायक बन्न सक्छन अन्यथा उनको पगरी खोस्ने कान्छो पुस्ताको प्रतिभा क्षमता र भूमिका नहोला भन्न सकिन्न ।

आज तीस वर्ष एक छतर सिनेमा क्षेत्रमा राज गर्नेलाई भोलि चालिस वर्ष गर्नेले चुनौती दिएर महानायक आफू पनि हु भनेर दर्शक र कला पारखीको मन जित्न पनि त सक्छ ? समय मानक नहुन पनि सक्छ १० वर्षमा नै आजको सम्पूर्ण पुस्तालाई चुनौती दिएर त्यो भन्दा बढी काम गर्ने हैसियत कसैको बन्यो भने त्यो महानायाकी अतुलनीय र एकाधिकारवादी होला र ?

दिपाश्रीले यत्ति भन्न खोज्नुभएको हो कि राजेश हमाल कुनैबेला चल्तीका नायक थिए, तर अचेल उनका फील्म आइरहेका छैनन् । इतिहास या अतितको भूमिकाको यथोचीत मुल्याँकन हुनैपर्छ, तर वर्तमानमा राजेशका सिनेमा न आइरहेको स्थितितिमा उनको महानायकिमा सन्देह किमार्थ अनुचित र पूर्वाग्रहयुक्त मान्न सकिन्न ? यो मामलाम राजेस हमलाको देवत्वकरण र दीपाको राक्षसीकरण दुवै समाजको लागि हानिकारक र प्रत्युत्पादक छन्।

दुवै पेशा गर्ने पेशाजिवी हुन । आफ्नो पेशा बेचेर नै नाम र दाम कमाएका कलाकारहरु हुन् । दीपा माथि यति बोलेकै आधारमा खनिनु युक्ति संगत छैन । साग बारी कुल्चिनेलाई खुट्टा भाँच्ने सजाय धेरै पो हुन्छ कि ? स्मरणीय छ सागबारी कुल्चने हिम्मत भने दीपाको कुन मनोविज्ञान र प्रयोजन परक हर्कत हो समयले निस्कर्ष निकाल्छ । बादबिबाद झगडा गर्नको लागि ठिकै होला तर निस्कर्ष र निचोड सामाजिक दन्तबझान र मान मर्दनले गर्न सक्तैनन् भन्ने कुरा दुवै तर्फका समर्थकले हेक्का राखून ।

महानायक राजेश हुन कि होइनन श्रीमान भनेर कुनै वकिल अदालतमा नपुगुन । ए साच्चै महानायक को हो श्रीमान ? पेशा गरेर श्रमको मुल्य लिने महानायक हो कि बिना मुल्य श्रम सिप र समय देस र जनताको लागि दिने कुनै पात्र महानायक हो ? महामानव हो ? चन्द्रमा पनि दागी छ । सबैले मानेकालाई कोही कोहीले नराम्रो मान्न पनि त सक्छन ?