नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबमा ज्योति

नेपाल जापान फ्रेन्डशपि लायन्स क्लबको तेस्रो अधिवेसन बाट ज्योति के सि को अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ ।

 

प्रथम उपाध्यक्ष लायन दलिन्द्र जोशी ,दितिय उपाध्यक्ष लायन शंकर केसी ,सचिव लायन सुर्य बहादुर कुँवर ,सह सचिव लायन सुनलि श्रेष्ठ ,कोषाध्यक्ष लायन प्रकाश लामछिाने,सह कोषाध्यक्ष लायन ध्रुब गैर ,लगाएत अन्य सदस्यहरु सर्वसहमतिबाट निर्वाचित भएका छन् ।

 

Hakata Cimin Center Fukuoka-Shi Japan मा संचालन भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ज्योति के सि लगाएत आगन्तुक अन्य वक्ताहरुले नेपाली युवाहरु जापान आउँदा भोग्ने गरेका समस्या तथा समाधानका विकल्पका विषयमा आप्नो मन्तव्य राख्नुभएको थियो ।

नेपाल जापान फ्रेन्डशपि लायन्स क्लब ले जापानमा बसेर विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरुको एक आपसमा भेटधाट हुने र प्रवासमा रहदा परेका समस्याहरु लाई सहज तवरवाट समाधान गर्ने , मानव स्वास्थ्य सम्बिन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्नेउदेश्य राखेर संस्था स्थापन गरि कार्यक्रहरु संचालन गरिरहेको संस्थाका अध्यक्ष ज्योति के सि ले वताउनु भयो ।

प्रमुख अतिथि लायन टंक गैरे बिषेस अतिथि धर्म राज अधिकारी , छत्र दाहाल, लक्ष्मण बानिया योगेश कार्की, नवनि अधिकारी सन्तोष थापा, कृष्ण खरेल लगायत रहनुभएको थियो। लायन अर्जुन थापाले लायन्स क्लवलाई सफल बनाउन सधै आफु सँगै रहने प्रतबिद्धता ब्यक्त गर्नु भएको थियो ।