सम्बन्धविच्छेदको ५७७ मुद्दा दर्ता

यस वर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन् । चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १३५ पुगेको उक्त अदालतले जनाएको हो ।

 

अदालतका श्रेस्तेदार केशवकुमार कौशिकका अनुसार गत भदौ १ गतेदेखि जारी नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था गरेको थियो । प्राप्त विवरणअनुसार २०७४÷२०७५ मा ४७५ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकामा हाल १६४ मुद्दा थप भएको हो ।

 

यस वर्षको दर्तामध्ये १९४ वटा मुद्दा फछ्र्योट भइसकेको र अन्य प्रक्रियामा रहेको बताइएको छ । पारिवारिक कलह र भौतिकवादी चाहनाले सम्बन्धविच्छेदका घटना बढेको र यसबाट सामाजिक एवं पारिवारिक रुपमा नकारात्मक असर पारेकोे हेटौँडा–४ का बुद्धिजीवी रामप्रसाद आचार्य बताउनुहुन्छ ।