हाम्रो प्रण : सत्य, तथ्य र यथार्थ

गतिशील समयलाई कसले रोक्ने ? हामीले पत्रकारिताको नयाँ प्रविधिमा रमाउन भनेर सुरु गरेको सदृश्य डट कमले पनि दुइ वर्ष पूरा गरेछ । नयाँ विधाको यात्रा उत्सुकता जिज्ञासा र समाधानको रोमाञ्चक उतारचढावमै बितेछन् चौबीस महिना अर्थात् दुइ वर्ष । यस छोटो अवधिमा पाठकहरुको जिज्ञासा र रुचीलाई सम्बोधन गर्न हामी कति सफल भयौं त्यो त पाठकहरुले नै मूल्यांकन गरेका होलान् । तर आफ्नै मूल्यांकन गर्दा हामीलाई के लागिरहेको छ भने देशभित्र एक होइन अनेक बिषयवस्तु छन् जसका ’boutमा हामीले पाठकलाई विस्तारमा जानकारी दिन बाँकी नै छ ।

पत्रकारितामा जोडिन आईरहेका अनेक नवीनतम प्रविधिको उपयोग गरेर हामी त्यस्ता रोचक र ज्ञानबर्द्धक बिषयवस्तुलाई जीवन्त शैलीमा पाठक समक्ष पस्कने प्रयाश गर्नेछौं । पत्रकारिता पनि समयसँगै परिमार्जन हुँदै बहने पेशा हो । यसलाई पाठकका रुचीसँगै एकाकार गर्दै थप आकर्षक र सुरुचिपूर्ण बनाउने प्रयाशमा हामी निरन्तर मेहनत गरिरहने छौं । आदरणीय पाठकले यतिन्जेल दिनुभएको स्नेह र प्रेमलाई उर्जा मानेर अझ राम्रो गर्ने प्रण गर्दछौं । नयाँ स्वरुप,शैली र स्वादमा सदृश्य डट कम यहाँहरुको सामु । धन्यवाद ।