यस युगको कथा

ध्रुव मधिकर्मी

सावधान … !
होशियार …. !
खबरदार …… !
केही कराउँदै कोही एकजना दगुर्दै आयो । अत्तालिंदै र हतारमा । ऊ यति हतारमा थियो कि दगुर्दादगुर्दै पनि कहिले पछाडि, कहिले मास्तिर हे¥थ्यो । कहिले आसपास नियाल्थ्यो । यस उपक्रममा उसको श्वास फुलिसक्यो । खुट्टा गलिसक्यो । तैपनि उसले दगुर्न छोडेन, कराउन छोडेन ।
यसो हेर्दा उसको अनुहार भयातुर देखिन्छ – कुनै आतंकित आशंकाले छताछुल्ल जस्तो ।
आकाश खस्दैछ” उसले हँकाइपूर्ण स्वरमा छिटोछिटो भन्यो र भन्दै दगुर्न पनि थाल्यो । सुनेर सबले अचम्म माने । उसलाई हेरें के भन्दैछ यो । उसको कुरा कसैले बुझ्यो, कसैले केही बुझेन । कसैले पत्यायो कसैले पत्याएन । कोही भने हडबडाएको अत्तालिएको देखियो । कोही भने सुनेको नसुन्यै गरेर बाटो छेउमा बसेर गफ गरिरहे । तैपनि यति त अवश्य थाहा पाएँ । कतै केही नराम्रो हुँदैछ । सडकमा जिन्दगी बिताउनेहरु भयभीत बन्दै यसो आकाश ताक्न थाले । के यो गरिबको अन्तिम छत पनि नरहने भयो त ! केही दिनदेखिको नियमित बर्सादले पाटीपौवा कुनै पनि साबुत रहेनन् । धेरै जसो यताउति सुरक्षित ठाउँको खोजिमा भौंतारिरहे । कोही कोही जसो जसो पर्ला उसो उसो टर्ला भनेर नियतिलाई स्वीकारिरहे । कोही त्यस मान्छेलाई पछ्याउन थाले – के हो खास कुरो बुझ्नलाई ?
कसैले उसलाई अलि ठूलो स्वरमा भन्यो, महाशय ! यो कस्तो मूर्खतापूर्ण कार्य हो ?
कदापि होइन , बल्की म त सत्य भन्दैछु ।
कसरी सत्य मान्नु ?, सोध्ने मान्छे तीन छक्क प¥यो ।
तपाइँ स्वयं यस्तो स्थिति देख्नुहुन्न ?, यति भनेर ऊ जानलाई हतारियो ।
त्यो सोध्ने मान्छे केही सोचमग्न भयो र बरबरायो, एकचोटि सानोमा मैले यस्तै मूर्ख खरायोको कथा पढेको थिएँ …असिनाको एक गेडा टाउकोमा पर्नासाथ तर्सेर खरायो आकाशै खस्यो भन्दै खरायो कुलेलम ठोकेको … । तर अहिले पनि त्यस्तै पो हो कि .. !
ऊ पुनः दगुर्न थाल्यो ।
उसले एउटा ठूलो घर देख्यो – बंगला जस्तो । भित्र गएर उसले भन्यो , महाशय ! आकाश खस्न लागिरहेछ, सकेसम्म छिटो बच्ने सुरसार कस्नोस् ।
त्यो स्थूल आकारको मान्छे अर्थात् घरको मालिक उसको कुरा सुनेर उपेक्षापूर्वक हाँस्यो । हाँस्दै उपहासपूर्ण स्वरमा करायो, असम्भव मेरो घरको छाना त्यति कमजोर छैन कि आकाश त के बमै खसे पनि केही हुँदैन । ढोका लाएपछि कोही पस्न सक्तैन .. यस्तो मूर्ख खरायोको कुरा हामीलाई नसुनाऊ … ।
कुरा सुनेर ऊ केही अलमिलियो ।
हैन महाशय सबको लागि यो सर्वथा सत्य कुरा हो । त्यसैले होशियार रहनुहोला ।
तिम्रो लागि यो जति सत्य, मेरो लागि त्यतिकै सत्य यो छाना हो, यो फलामे ढोका हो ।
उसले केही बुझ्यो र मुसुक्क हाँस्यो ।
बाहिर निस्केपछि पुनः ऊ पहिलाकै अवस्थामा फक्र्यो । र आफूले पाएको खबर भट्याउन थाल्यो ।
होशियार … !
केही मान्छेहरु उसको पछि पछि लागे । ’em सोच्दै थिए यदि साँच्चिकै आकाश खस्यो भने कसरी सुरक्षित हुने ? बचाउ कसरी गर्नुपर्ला ? धेरै मान्छेहरु असमञ्जसमा झुलिरहे । आकाशै खस्ने भएपछि प्रहार सहन सक्ला यी सानासाना घरहरुले ? छाप्राहरुले ? अर्कोतिर केटाकेटीमा पढेको–सुनेको कथा जस्तै त होला भनेर वेवास्ता गर्न चाहन्थे । तर कथम्कदाचित केही भइहाल्यो भने … छतले थाम्न सकेन भने … तब …तब .. ।
यस्तै स्थितिमा साँच्चिकै आकाश खस्यो ।
ठूलो कोलाहल … चट्याङ .. असिना …भीषण गर्जन मच्चियो । मान्छेहरु भयले कहालिए । बुङ्बुङ्ती उडिरहेको थियो चारैतिर धूलोको मुस्लो । पर्सेको बोका झैं अवश देखिन्थे मान्छेहरु । मानौं कुनै लामो यात्रामा प्रस्थान गर्नु अगावै बाटो पै¥होले पुरिएझैं । ’emले कुनै सुरक्षित ठाउँ खोज्न सकेनन् । तत्काल त्यस्तो कुनै व्यवस्था गर्न पनि सकेनन् ।
स्थिति सामसुम भएपछि थाहा भयो त्यति सारो मान्छेहरु मर्न त पाएनन् । तर मर्नुभन्दा ठूलो कष्ट चिनीहरुहले भोग्नु प¥यो । कसैले हात गुमाए, कसैले खुट्टा त कसैले आँखा … कसैको त मुटु नै नराम्रोसित चुँडियो । कसैको परिवारजन छुट्यो । धेरै मात्रामा छातीमा घाउ लाग्नेहरु देखिए । फलस्वरुप मान्छेहरु विक्षिप्त भए ।
कस्तो विभीषिका यो ?
केही बलिया मजबूत घरहरु आकाश खसेर पनि केही भएनन् । साबुतै रहे । यसले के थाहा भयो भने आकाश सब ठाउँमा खसेको रहेनछ ।