अभिनेत्री शुभद्रा अधिकारीको निधन

काठमाडौँ, ३२ साउन । अभिनेत्री शुभद्रा अधिकारीको आज निधन भएको छ । शनिबार बिहान आफ्नै निवास डल्लुमा उनको निधन भएको हो ।
अधिकारीको आजै अन्त्यष्टि गरिने नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले जानकारी दिईन् । अधिकारीको वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्म भएको थियो ।
