दृश्यमा नभएको बाघ

जङ्गलमा बाघ छ भन्ने कुरा त गाउँलेलाई थाहा थियो । गाउँलेले यदाकदा बाघलाई देखेका पनि हुन् । तर बाघ गाउँमा कहिल्यै नपसेको हुनाले गाउँलेले त्यसलाई त्यति ध्यान दिएको थिएन ।

एकदिन बाघ साँच्चिकै गाउँमा आयो र खेतमा चरिरहेको एउटा बाख्रा घिच्याएर लग्यो । त्यतिखेर सायद खेतमा काम गरिरहेका मान्छेहरुको ध्यान अन्तै थियो । अथवा खेतमा त्यतिबेला मान्छेहरु थिएनन् होला । त्यसैले बाघले मज्जासँग बाख्रा घिच्याउन सक्यो । बाघले घिच्याइसकेपछि गाउँलेहरुले बल्ल थाहा पाए । तर त्यतिञ्जेल थाहा पाएर के गर्ने ! लग्नु लगिहाल्यो , फर्काएर ल्याउनसकिने कुरै भएन । तर जसको बाख्रा बाघले लगेको थिया,े त्यसको मन के मान्थ्यो । त्यसले अरुलाई बाघ समाउन गुहा¥यो । भन्यो – बाघ फेरि फेरि आउन सक्छ , त्यसैले सके समाउने, नसके मार्ने वा केही न केही उपाय गर्नुपर्छ ।

केही दिनपछि फेरि बाघ गाउँ पस्यो । पल्केको बाघ न हो । उसलाई आवश्यक परेपछि आउनु स्वाभाविक पनि छ । बाघ आयो र खेतमा चरिरहेको गाईलाई झम्ट्यो अनि आरामसंग घिसारेर लग्यो । मान्छेहरुले परैबाट देखे र लाठीमुंग्री लिएर लखेट्न आए । तर त्यतिञ्जेल बाघले आफ्नो काम भ्याइसकेको थियो ।

गाईधनी अगाडि थिएन । बजार गइरहेको थियो । अघिपछि पनि गाईलाई खुल्ला छोडेको थियो । त्यसैले ऊ सामान किन्न बजार गएको थियो । फर्केर आउँदा कसैले सुनायो । सुन्नासाथ अत्तालिंदै गाउँतिर कुद्यो र गाउँलेहरुलाई गुहार्दै भन्यो – लौन ए ! यो गाउँमा के हुँदैछ ! बाघले त दुःख दियादियै छ । अब त हदै भो । गाई त हाम्रो लक्ष्मीमाता हो । यो मोरो असत्ती बाघले त लक्ष्मीमाता पनि भनेन । लक्ष्मीलाई पनि मार्ने बाघलाई त बाँकी राख्नै हुन्न नत्र यसले फेरि अर्को गाईलाई पनि मार्न बेर लाउँदैन । के हामी टुलुटुलु मात्र हेरिरहने ?
– अहँ , हुन्न । यो चुप्पो लाग्ने कुरो हैन । ,एकजना तात्तियो ।
– हैन , अब हामीले के गर्ने त ?
– सबै मिलेर बाघलाई घेर्ने अनि समातेर पाता कस्ने नि । , एउटाले उपाय निकाल्यो ।
– हो , हो । , ’em सहमत भए ।

धार्मिक भावना भएका केही व्यक्तिहरु धर्मले प्रेरित भएर सुरिए । यस्ता गाईभक्षी बाघलाई त बाँकी राख्नहुन्न भन्दै बाघ खोज्न हिंडे । भेडाबाख्रा भए यति छिटो तात्तिने र खोज्नजाने कुरो शायद आउँदैनथ्यो होला । यहाँ त लक्ष्मीमाताको कुरो छ । धर्मको कुरो छ । त्यसैले ’em बाघ खोज्न भनेर हिंडे । तर जङ्गलभित्र पस्न सकेनन् । अरण्य जङ्गल देख्नासाथ ती सब एकछिन हच्किए । खोज्न जान्छु भनेर कस्सिनु एउटा कुरा । साँच्चिकै खोज्नकै लागि अनकण्टार जङ्गलमा पस्नु बेग्लै कुरा हो । अकस्मात् बाघ सामुन्ने आइदियो भने के गर्ने ! एउटा गाईको लागि जीवन अनाहकमा खेर फाल्नु पनि मूर्खता हुनेछ ।

अगाडि बढेका एकजना व्यक्ति हच्किएपछि अरु बढ्न सक्ने कुरै भएन । एक एक गर्दै सबैजना हच्किए ।


गाउँलेहरु चुपो लागे पनि बाघ भने चुपो लागेन । बाघ मौका हेरीहेरी शिकार गरिरहेकै थियो । अजिंगरको आहारा दैवले पु¥याउँछ भने झैं बाघलाई पनि कुनै न कुनै जन्तुको शिकार प्राप्त भइरहेकै थियो । एकदिन बाघले सम्साँझै एउटी बालिका भेट्टायो । बालिका पिसाब फेर्न भनेर घरको पिंढीबाहिर निक्लेकी थिई । त्यहीबेला बाघले मौका भेट्टाएर झम्टिहाल्यो । त्यसको चित्कार घरभित्र पुगुञ्जेलसम्ममा र त्यसका आमाबाबुले ‘ए छोरी , के भो !’ भन्दै बाहिर आउञ्जेलसम्ममा बाघले त्यसलाई घिच्याइसकेको थियो ।

दुईचार दिनमा दुईचार हप्तामा यस्ता नमीठा घटनाहरु हुन थाले । कहिले फलानाको छोरालाई बाघले लगेको हुन्छ भने कहिले ढिस्कानाकी छोरीलाई लगेको सुनिन्थ्यो । कहिले बूढो त कहिले युवकलाई भन्ने खबर सुन्नुपथ्र्यो । त्यसैगरी कहिले तरुनी त कहिले बूढी । कोही बजारबाट फर्किरहंदा बाघको शिकार भएको हुन्छ भने कोही खेतमा गोडमेल गरिरहंदा बाघले लग्यो भन्ने सुनिन थाल्यो । एवम्रितले कोही न कोही , कसै न कसैलाई बाघले शिकार बनाइरह्यो ।


यसरी धेरै वर्षसम्म बाघले गाउँलेहरुको कमजोरीको फाइदा उठाएर त्यहाँ रजाइँ गरिरह्यो । बाघको हैकम चलिरह्यो । मान्छे देखेर बाघ होइन , बाघ देखेर मान्छे तर्सन थाले । मान्छेहरु डर त्रास र भयमा बाँच्न अभिशप्त भए । मान्छेहरु व्यक्तिगत आतङ्कले गर्दा कमजोर भए । केही गर्न नसक्ने भए । तैपनि ती भित्रभित्रै बाघको विरुद्घमा लागिरहे । संगठित भइरहे । कहिले लुकिलुकी त कहिले साहस गरेर सामुन्नेबाटै प्रहार गर्न पनि चुकेनन् ।

यसरी धेरै वर्षसम्म बाघले गाउँलेहरुको कमजोरीको फाइदा उठाएर त्यहाँ रजाइँ गरिरह्यो । बाघको हैकम चलिरह्यो । मान्छे देखेर बाघ होइन , बाघ देखेर मान्छे तर्सन थाले । मान्छेहरु डर त्रास र भयमा बाँच्न अभिशप्त भए । मान्छेहरु व्यक्तिगत आतङ्कले गर्दा कमजोर भए । केही गर्न नसक्ने भए । तैपनि ती भित्रभित्रै बाघको विरुद्घमा लागिरहे । संगठित भइरहे । कहिले लुकिलुकी त कहिले साहस गरेर सामुन्नेबाटै प्रहार गर्न पनि चुकेनन् ।

धेरै प्रयास उपाय र दबाबपछि अन्ततः ’emले बाघलाई जालमा पारिहाले । त्या बाघलाई जालमा पार्न धेरै जुक्ति गर्नुृप¥यो । सबै मिलेर चारैतिरबाट घेरेपछि बल्ल बाघ जालमा प¥यो । बाघलाई भाग्ने बाटो नै भएन । जालमा पर्नासाथ मौकै नदिई ’emले बाघलाई झ्याप्पझुप्प पारेर डोरीले बेसकन बाँधे । एकजना तत्कालै दा¥हा झिक्नपट्टि लागे , अर्को चाहिँले नङ्गा्र काट्न शुरु गरे । त्यसपछि बाघलाई बाँधेर खोरमा जाके । अब खोरमा बाघ दुईचार पाइला भन्दा बेसी हिंड्डुल गर्न नसक्ने भयो । त्यो भन्दा बेसी चल्ने ठाउँ त्यहाँ छँदा पनि थिएन ।
त्यस रात ’em ढुक्क भएर सुते ।

अब हिँस्रक बाघको आतङ्क समाप्त भयो । बाघले लुकिलुकी झम्टला , हमला गर्ला भन्ने भय रहेन । केही दिन त ’em ढुक्क भएर सुते । मीठो निद्रा सुते । निश्चिन्त भएर सुते । कुनै पीर मर्का नलिइकन निर्धक्क भएर सुते । तर ’em धेरै दिनसम्म यस प्रकार सुत्न भने पाएनन् । छिट्टै नै ’emको मीठो स्वप्न भङ्ग भयो । हिँस्रक बाघको डर त्रास त सकियो । तर अरु नै खालको डर त्रास र आतङ्ग पैदा भयो ।

बाघ दृश्यमा थियो र पो त्यसलाई ’emले समातेर थुन्नसके । तर अहिलेको भय आतङ्ग र त्रास दृश्यमा थिएन । त्यसलाई छुन र समात्न ’em असमर्थ झैं भए ।