बिर्सन नसकेको घाउ
ऊ आफ्नो घरको ढोकामा उभियो ।
माथि को छ हँ ? ढोका खोल, ऊ करायो र एक लात ढोकामा हान्यो । भित्रबाट कसैले बोलेको सुनिएन । ऊ फेरि करायो – ए सुनिनस् छिटो ढोका खोल भनेको ।
उसको स्वर लरबरिएको थियो ।
अझ खोल्दैनस्, ऊ अझ जाग्यो । फेरि एक लात हान्यो ढोकामा । ठाडो घाँटी लाएर आएको जोस उसले ढोकामा देखायो । तैपनि घरभित्र केही चालचुल सुनिएन । शायद घरभित्र कोही छैन अथवा उसको यो जोसलाई कसैले टेरपुच्छर लाएन ।
उसले मास्तिर हेरेर एउटा भद्धा गाली दियो ।
छ्याकचाको निरन्तरको जाँडे स्वरले हो या साँझ पर्न थालेकोले हो एउटा घरको झ्याल बाहिर धमिलो बत्ती बल्यो । बत्ती बलेको त्यो घरको झ्यालमा लगत्तै एउटा छाया देखाप¥यो ।
आय् छ्याकचा , के कराइरहेको घरभित्र नपसी हँ ।, त्यो छाया बोल्यो ।
छ्याकचाले आँखा उठाएर हे¥यो । पिएर आएकोले कहाँबाट आवाज आएको हो झ्वाट्ट उसले भेउ पाउन सकेन । त्यसमाथि नसाले छोपिएको आँखाले दृश्य टिप्न अलि मुश्किल झैं भयो । एकछिन अलमलिएर यताउता हे¥यो । झ्यालमा बिकुमाया तजु रहिछ ।
ढोका खुले पो भित्र जानु , उसले अलि लरबरिएको स्वरमा भन्यो ।
तँ जँड्याहालाई कसले ढोका खोल्न आउँछ भन्या बेला । फेरि तेरो घरमा अहिले कोही भए जस्तो पनि छैन । उः त्यहाँ ग्वाखँचामा साँचो होला नि लिएर खोल न ।, तजूले भनी ।
बल्ल उसलाई अलि होस भएजस्तो भयो । कसैले ढोका नखोले पनि ढोका छेउको खटप्वालमा राखेको साँचोले खोल्न सकिहालिन्छ नि । छ्याकचा केही बोलेन । उसले सम्झ्यो आज सबैजना खेतमा गएका छन् । उसको बूढो बाउ पनि के काम परेर हो आज खेतमा गएको छ । नत्र उसको बूढो बाउ खेतमा कमै मात्र जान्छ । ऊ चाहिं घरका सबैसित रिसाएकोले खेतमा नगई सरासर बाहिर गएको थियो । दिनभर जहाँ जहाँ मन लाग्यो घुम्यो । त्यहीँबाट ऊ भट्टीमा पसेको थियो । ग्वाखँचामा हात घुसारेर साँचो लिएर खोलुँ कि एकछिन यस्तै बसिरहुँ भन्ने दोमनमा प¥यो ऊ ।
ए छ्याक तँ किन यसरी मातिने गरी पिउँछस् हँ । कहिलेकाहीं पो पिउनु । सँधै यसरी जाँड धोकेर चल्छ ?, विकुमाया तजुले सम्झाउने पारामा भनी ।
यही कुरा अरुले भनेको भए ऊ त्यससित जवालसवाल गरेर शायद झगडा गर्ने थियो । तर विकुमाया तजुसित ऊ झगडा गर्न सक्दैन । यो चोकमा उसित राम्रो मुखले बोल्ने भनेकै बिकुमाया तजुले मात्र हो । ऊ सानोमा यही बिकुमाया तजुले उसलाई माया गरेर राख्थी, भोक लाग्दा रोटी तरकारी खान दिन्थी । ऊ आफ्नो घरमा खान नपाएको बेला ऊ कहिलेकाहीँ विकुमाया तजुकै घरमा खाजा खान जान्थ्यो ।
के गर्ने बिकुमाया तजु, अब त नपिइकन बस्नै सक्तिनँ । जाँड पिएर आएपछि बाँचेजस्तो लाग्छ ।, भित्तामा अडेस लिंदै उसले मास्तिर हेर्दै भन्यो । उसलाई आफ्ना लट्ठ परेका आँखाहरु राम्ररी खोल्न पनि मुश्किल भइरहेको थियो ।
थुक्क तेरो जिन्दगी !, विकुमाया तजुले उसलाई गाली गरी ।
थुक हेर्दै हाँस्यो ऊ ।
उसलाई अब अरुले गरेको गालीले पनि छुन छोडेको छ । उसले जबदेखि टिल्ल पर्नेगरी जाँड धोक्न थालेको थियो त्यही बेलादेखि उसले गालीलाई पनि स्वीकार्न थालेको थियो । उसलाई कसैको माया र गाली वा घृणाले छुन छोडेको थियो । तर उसलाई आज बिकुमाया तजुको गालीले भित्र कहीँ काँडाले च्वास्स घोचेजस्तो भयो ।
एउटा कुरा सुन्छौ तजु ? मलाई किन मान्छेहरु मान्छे ठान्दैनन्, किन घृणा गर्छन्… थाहा छ तजु, म आफुखुशी हिंड्छु, आफुखुशी पिएर आफ्नो घाउलाई बिर्सने प्रयास गर्छु । म आफ्नै पैसाले जाँड खान्छु त्यसैले मलाई मान्छेहरु मन पराउँदैनन् । मन नपराए नपराओस् के ।
तैपनि यसरी जथाभावी हिंडेर हुन्छ ? झन अरुले नराम्रो भन्दैन ?
आफूले चाहेजस्तो नभए पछि के गर्ने त ? मलाई राम्रोसँग बाँच्न नदिएपछि यस्तै मन लागि गरेर हिंड्ने त हो । म जाँड खाएर बाँचूँ कि विख खाएर बाँचुँ , कसलाई के मतलब ?
ए छ्याक, तँलाई त्यही केटी चाहिन्छ भन्ने के छ ? अरुसँग बिहे गरे पनि हुन्छ नि ?, बिकुमाया तजुले भनी ।
छ्याकचाको अनुहार हाँसे जस्तो देखियो । तर त्यहाँ हाँसोको कुनै रुपरेखा बनेन ।
छ्याकचाको घाउसंग अरुलाई के वास्ता । तर उसलाई भने आफ्नो घाउ’bout दिनरात सम्झना हुन्छ । आफू हराइला वा बिर्सिएला त्यो घाउ कसैगरी पनि बिर्सिइने खालको छैन । त्यो घाउ’bout जति नै बिर्सन खोजे पनि छाया झैं जतिखेर पनि उसको पछिपछि लागिरहेको हुन्छ । त्यही घाउकै कारण उसले घाउलाई होइन बरु आफैलाई बिर्सन खोजिरहेको छ ।
००