डिश होमको खुसी वर्षभरि योजना अफर : यस्ता छन् ग्राहकलाई सुविधा

काठमाडौँ, २४ भदौ । नेपालको एक मात्र डि.टि.एच सेवा प्रदायक डिशहोमले आफ्नो स्थापनाकाल देखिनै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरुलाई गुणस्तरिय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा सञ्चालित पे टिभी सेवा सञ्चालकहरु मध्य सवै भन्दा उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरिय सेवा प्रदान गरिरहेको छ ।

डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागी विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरु जस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारि छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाईन मार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिन्छ । 

फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिन्छ । साथमा फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । 

३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ । बार्षिक रिचार्ज गर्दा पहिले चार हजार दुई सयमा हेरिरहेकाले बेसिक प्याकेज तीन हजार ६ सयमै हेर्न सकिने भएको छ । 

यस्तै, मिडियम प्याकेज चार हजार ८ सयको सट्टा चार हजार २ सय, वेसिक प्लस पाँच हजार २ सयको चार हजार ५ सय, मिडियम प्लस पाच हजार ७ सयको चार हजार नौ सय ९८ रुपैयाँ, सुपर एचडी ६ हजारको चार हजार नौ सय ९९, प्रिमियम एचडी सात हजार २ सयको पाँच हजार सात सय ९९र लाईफस्टाईल एचडी खश हजार ८ सयको आठ हजार ४ सयमा नै उपलब्ध हुने भएको छ । 

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध गराएको हो । फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतका प्याकेज र एड अन प्याकेजको वारेमा विस्तृत जानकारी डिशहोमको आधिकारीक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बताइएको  छ । 

नेपाल भर सम्पुर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री संजाल गरेको छ । नेपालभर २४ घण्टाभित्र (भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक) मर्मत तथा बिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप वक्समा लाईफ टाईम वारेन्टी, मोवाइल एप, ग्राहकको सुविधाको लागी सञ्चालन गरेको छ । 

ग्राहक सेवा प्रतिनिधीसंग कुरा नगरि डिशहोमको सुविधा लिन सकिने आईभिआर सेवा, एस एम एस सेवा, आफ्नो आवश्यकता अनुसार छानी छानी लिन मिल्ने विभिन्न एच.डि. तथा एस.डि. प्याकेजहरु, नेपालि चलचित्र मात्र प्रशारण हुने प्लस मुभिलगायत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपालि चलचित्र आफुले चाहेको समयमा हेर्न सकिने पे पर भ्यू सेवा लगाएतका सेवा सुविधा प्रदान गरिरहेको डिशहोम नेपालकै उत्कृष्ट टेलिभिजन सेवा प्रदायक संस्थाको रुपमा परिचित हुदै आएको छ । सरलपत्रिकाबाट