‘डेंगुबाट मरिँदैन, यस्तो छ बच्ने उपाय’

काठमाडौं । सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीका अनुसार डेंगुको संक्रमणमा परेपनि सामान्यतया ४/५ दिनमा आफैं निको हुने गर्दछ । सुवेदीका अनुसार, डेंगु विरुद्ध चाहिने रसायन शरीरले आफैं उत्पादन गर्छ ।

हेम्स अस्पतालमा कार्यरत डाक्टर सुवेदी भन्छन्– ‘अति नै सताएको अवस्थामा रक्तस्राव हुँदा, रक्तनलि लिक हुँदा रगत बग्दा मात्र मानिसको मृत्यु हुन्छ । यो अति नै दुर्लभ केस हो । एकजना पनि व्यक्तिको ज्यान जानु दुखको बिषय हो तर नेपालमा करिव ४ हजारलाई डेंगु संक्रमण हुँदा जम्मा ६ जनाको मृत्यु भएको छ ।’ 

‘डेंगु लाग्दा अन्य भाइरल संक्रमणमा जस्तै ज्वरो आउने, टाउको दुख्ने, शरीर गल्ने लगायतका लक्षण देखा पर्छन् । डेंगुको उपचार गर्नु भन्दा ज्वरो, शरीर गल्ने लगायतका उपचार गरिन्छ’ सुवेदीले भने ।

डेंगुको संक्रमणमा परेको व्यक्तिले झोल पदार्थ पर्याप्त मात्रामा खाने र पानी पर्याप्त मात्रामा पिउँदा यसको छिटो उपचार हुने उनको सुझाव छ ।

‘डेंगुबाट बच्न आफ्नो घर ’round सफा राख्ने, पानी जम्ने स्थान नराख्ने, बेलुका सकभर कम हिँड्ने, पूरा बाहुला भएको लुगा लगाउने, झूल लगाएर सुत्ने नै यस रोगको रोकथामको उपाय हो’ भन्छन् सुवेदी ।

जलवायु परिवर्तन, जनसंख्या वृद्धिले गर्दा काठमाडौंको तापक्रम वृद्धि हुँदा यहाँ यो रोगले निकै आक्रामक रुप लिएको उनको भनाई छ ।

यस’bout डाक्टर सुवेदीले बिस्तारमा बताएका छन् यो भिडियो वार्तामा । डेंगुको आक्रमणबाट बच्न केके उपाय छन् त हेरौं उनको भनाई जस्ताको तस्तै–