जमेकाे पानीमा डुबेर तीन बालिकाकाे मृत्यु

रौतहट । माछा मार्ने क्रममा पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । ईशनाथ नगरपालिका–१ बन्जरहाका तीन बालिकाको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हाे ।
ज्यान जानेहरूमा स्थानीय बन्जरहाका ७ वर्षीया सरिता साह, १० वर्षीया किन्जल यादव र ६ वर्षीया गुन्जन यादव रहेका छन् । घरबाहिर गएका तीनै जना बालिका राति अबेर घरमा नआएपछि परिवारले खोज्दै जाँदा पानीमा डुबेर मरेको अवस्थामा शव बरामद भएको छ ।