तीन प्रसंग

यसैबेला एकजना सुटेडबुटेड भलादमीले कोठामा प्रवेश गर्यो । उसको हातमा आकर्षक सुटकेश थियो । उसलाई देख्नासाथ पिएले भित्र खबर पठायो । पिएले फोन राख्न पाएको थिएन । ढोकामा तत्कालै नेताजी देखापरिहाले ।

१. खिया

हतियार बोक्न थालेदेखि उभित्र विस्तारै बल पनि थपिए जस्तो लाग्यो । अब उसलाई कसैदेखि पनि डर लाग्न छोड्यो । बरु बाटोमा भेटिएका जोकोहीलाई पनि धकेल्दै हिंडूँ जस्तो बल अटेसमटेस पो हुन थाल्यो । पहिला मुसो मात्र देख्दा पनि तर्सेर हिंड्ने ऊ, अब त सामुन्ने बाघै भेटिए पनि आफूसित भएको हतियारले एकै प्रहारले भुक्लुक्क हुनेगरी ढालिदिऊँ जस्तो लाग्न थाल्यो । अब बाटोमा उसलाई देख्नेजति मान्छेहरु टाउको निहु¥याउँदै हिंड्न थाले, उसको छाया मात्र देख्दा पनि परैदेखि बाटो छोडेर हिंड्ने गर्न थाले । हतियार साथमा हुने भएकाले पनि अब मान्छेहरु उसको अगाडि पर्नबाट सकभर बच्न थाले ।

००

उसलाई थाहा भइसक्यो यो सबै हतियारकै चमत्कार हो । हतियार बोक्न थालेदेखि उसलाई सबले सम्मानपूर्वक व्यवहार गर्ने, उसले भनेका कुराहरुमा सहमत हुने गर्न थालेका थिए । अब उसले हतियारलाई विशेष ध्यान दिन थाल्यो । हतियार बिग्रला, हराउला, खिया लाग्ला, अरुले थुतेर लेला अथवा कहीँ छुट्ला भनेर ऊ दिनरात त्यसैमा दत्तचित्त हुन थाल्यो । उसले आफूलाई भन्दा हतियारमा बढी ध्यान थाल्यो । बिहान सबेरै उठ्नासाथ हतियारको सरसफाइ गर्छ । कहीँ धूलोसुलो परेको छ कि अथवा खिया पो लागेको छ कि भनेर हेर्छ । अनि त्यसको धार तिखारेर टलक्क टल्काउँछ त्यसपछि कसेर समात्दै घुम्न थाल्छ ।

००

धेरै वर्षसम्म उसले यसप्रकार बडो ध्यानपूर्वक हतियार बोक्दै हिंड्यो । हतियार बोकेर बाटोमा हिंडिरहेको बेला एकदिन उसलाई कसैले धक्का दियो । अनि उसको हातमा भएको हतियार थुतेर लियो । त्यसबेला उसले केही गर्न सकेन । उसको मेहनतले हतियारमा खिया त लागेन तर हतियारको नाममा ऊ स्वयं भने खिया लागिसकेको थियो ।

००

२. एजेन्ट

महादेव असीनपसिन हुनेगरी भाग्दै थियो र उसलाई लखेट्दै थियो भष्मासुर । महादेवले नै उसलाई जे छोए पनि भष्म पार्न सक्ने वरदान दिएको थियो र यसबाट भष्मासुरको परिचय स्थापित पनि भएको थियो । त्यही भष्मासुर महादेवमाथि नै वरदान परीक्षण गर्न लखेट्दै थियो ।
महादेवलाई आपत प¥यो । भष्मासुरले छोयो भने तत्काल भष्म हुन्छ । अब के गर्ने !
उसले विष्णुलाई सम्झ्यो । ठीक हो यतिबेला विष्णुले बाहेक उसको रक्षा कसैले गर्न सक्तैन ।
ऊ विष्णुलोक पुग्यो । त्यहाँ विष्णु मात्र होइन लक्ष्मी पनि थिइन । अचम्म, कहाँ गए ती ! ब्रम्हलोक त पुगेनन् ! विष्णु त्यहाँ पनि भेटिएन । इन्द्रलोकमा इन्द्रको पाहुना पो लागे कि भनेर महादेव त्यता पनि कुद्यो । त्यहाँ पनि भेटिएन । महादेवले सबैतिर धुइँधुइँती खोज्यो । सबैसित विष्णुको ’boutमा सोध्यो तर कसैले पनि सही ठाउँ बताउन सकेनन् ।
कुदाकुदले स्वास फुलेर सास फेर्न पनि गाहारो भयो । खुट्टाले चल्न नसक्ने संकेत दिन थाल्यो । तर भष्मासुरले भने लखेट्न छोडेको होइन ।
अब भने महादेवको होस उड्यो ।
हे विष्णु , तिमी कहाँ छौ ?, महादेवले पुकारा ग¥यो ।
महादेव, तिमी जहाँ गए पनि अब तिमीले विष्णुलाई भेट्टाउन सक्तैनौ , बुझ्यौ ?, भष्मासुर हाँस्यो ।
राक्षसको यस्तो कुरा सुनेर महादेव छक्क प¥यो ।
कहाँ गयो त विष्णु , मेरो तारणहार ?
राक्षस मज्जाले हाँस्यो । अनि भन्यो – अब विष्णु तिम्रो तारणहार होइन बरु मेरो तारणहार हो । थाहा छ म नै विष्णुको एजेन्ट हुँ । विष्णुकै योजना अनुरुप मैले तिमीबाट यो वरदान खोसेको हँु । त्यसैले तिमी मेरो हातबाट भष्म हुन तयार होउ ।
अब महादेवको तेस्रो नेत्रले काम गर्न छोड्यो ।

००

३. एकछिन पर्खनोस्

चुनाव आइरहेको थियो । ऊ नेतालाई जिल्लाको चुनावी रणनीतिका ’boutमा महत्वपूर्ण खबर दिन भेट्न गएको थियो ।
नेताजी ब्यस्त थिए । उसलाई एकछिन पर्खन भनियो । ऊभन्दा अगाडि नेतालाई भेट्न अरु तीनचार जना आएर बसिरहेका थिए । अगाडि आएर बसेकाहरु पालैपालो भेटेर फर्कंदै थिएँ । अब कोही बाँकी रहेन ऊ बाहेक । उसलाई गाउँ फर्कनु पनि थियो । त्यसैले अलि हतार थियो । बल्ल उसको पालो आउने भयो । उसले संतोषको सास फे¥यो ।
उसलाई बोलाउने पालो आउनै लागेको थियो ।
यसैबेला एकजना सुटेडबुटेड भलादमीले कोठामा प्रवेश ग¥यो । उसको हातमा आकर्षक सुटकेश थियो । उसलाई देख्नासाथ पिएले भित्र खबर पठायो । पिएले फोन राख्न पाएको थिएन । ढोकामा तत्कालै नेताजी देखापरिहाले ।
ओहो ! आउनोस् आउनोस्, नेताजीले भर्खरै आएका आगन्तुकलाई हात मिलाउन भन्दा हात समाउँदै तानेर कोठामा लगे ।
र अघिदेखि पर्खिरहेकालाई हेरेर भने – उहाँसित जरुरी छ, तपाई एकछिन पर्खनोस् है ।

००