समयले नकाब उतारेपछि नांगै पो भइन्छ नि?
विनम्रताका साथ सबै पक्ष र निकायलाई यो स्मरण गराउनु सान्दर्भिक होला । पर्यटन र संस्कृति मन्त्रीले मात्र होइन यस अघि यो सरकारका अरु दुई जना मन्त्रीको कारण पनि प्लेन डिले भएको छ । स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सुचना तथा संचार एवं प्रबिधि मन्त्री गोकुल बास्कोटाले राखेको दुई वटा रेकर्ड अर्थात भी आइ पी उडानको कारण प्लेन समयावधि भन्दा ढिलो उड्ने परम्पराको निरन्तरता अस्ति योगेश भट्टराईले पनि कायम राखे । जुन सिस्टम बनाउनेहरूले सिस्टम मिचेको घटनाको पुनरावृति हो । रास्ट्रपति र प्रधानमन्त्री उड्दा आकास नै जाम गर्ने र आकाश नै खाली गर्ने अपसंस्कृतिको अघिल्तिर प्लेन उडान ढिलो भए पनि अरु तीनवटा मन्त्रीको त्रुटी असामान्य भित्रको सामान्य हो । मन्त्री योगेश भट्टराईको पालामा पोखिएको आक्रोश रास्ट्रपति, प्रधानमन्त्री हुदै अरु मन्त्रीहरुले सर्वसाधारणलाई यात्राको क्रममा पारेको मर्का र दिएको दुखको क्युमिलेटिभ असर र परिणाम हो । असर आक्रोशको रुपमा जो सुकैबाट प्रकट भएको भए पनि त्यो जनआवाज हो, पीडाको अभिव्यक्ति हो, विद्रोह हो विद्रोहको प्रतिनिधि स्वर हो । केवल खबरदारी हो, सचेत रहन पाएको चेतावनी हो ।
जनता सबै बोल्न सक्तैनन् बिरोध गर्ने हुती पुग्दैन तर मनमा आक्रोश पिडा र दुख अनगिन्ति दबेर रहेको हुन्छ । अरु नबोलेर किन योगेश माथि आक्रोश पोख्न ज्ञानेन्द्र साही नै अघि सरे त ? यसको सरल जवाफ हो यस्तै यस्तै बहाना र अवसरको खोजीमा उनी थिए अवसर पाए त्यो अवसरलाई सुनौलो मौका सम्झेर क्याच गरे । उनी फुक्काफाल भएर एउटा अभियान लिएर हिडेका छन्, अस्ति भर्खरै प्रहरी दमनमा परेरझ्याई कुटी पार्दै खुट्टा भाँचेर अमानवीय ढंगले सुर्खेतबाटसरकारले रातारात काठमाडौँ ल्याएको पिडा र असन्तुस्टी पनि थियो साही संग । त्यसैले सरकार संग जोरी खोजीरहेको मान्छे योगेशसंग आइलाग्नुलाई त्यति असहज मान्नुपर्ने स्थिति होइन र उनीबाट शिस्ट मार्यादित र ब्यबहारिक प्रतिवाद कल्पना गर्ने विषय हो पाउने कुरा थिएन र हैन भन्ने कुरा उनका सारा गतिबिधिलाई नियाल्दा, उनको स्वभाव हेर्दा अनुमान गर्न गाह्रो पर्दैन । यद्दपि सार्वजनिक भएको भिडियोमा आक्रोश देखिएको छ प्रस्तुति अराजक छ तर गम्भीर अश्लिल र अपसब्द सुनिएको छैन । असहज त त्यो स्थिति खडा गर्ने, सार्वजनिक सवारी साधनलाई, आफ्नो पेवा र बौपति झैँ सम्झेर आफ्नो मर्जी र अनुकुलतामा हिडाउन बाध्य गराउनलाई हुनुपर्ने हो ।
आफु सम्बन्धित तालुकदार मन्त्रालयको मुखिया बरु आफ्नो प्लेन छूटोस तर आफ्नो कारणले जनतालाई एक मिनेट पनि ढिलो नहोस भन्ने परिस्थिति निर्माण गर्नु पर्ने थियो हैन र ? थोरै भए पनि सकेको राहत दिनु पर्ने मन्त्रीले उल्टै जहाज रोकाएर आहत पुर्याउनु सामाजिक शिष्टता भन्दा बाहिर गएर कानुन मिच्न सुहाउछ ? हैकम र आदेस गर्न अप्ठ्यारो लाग्नुपर्ने होइन र ? सिस्टम बसाउनेले सिस्टम मिच्नु सरासर गलत हो । समयको एक एक पलको मुल्य हुन्छ । समयको महत्व कति हुन्छ भन्ने कुरा १५ मिनेटको कारण औसधि नपाएर मान्छे मर्नुको विवशता र बाध्यतालाई समझदा हुन्छ । १५ मिनेट ढिलो अस्पताल पुर्याउदा बच्चा र श्रीमती दुवै गुमाउने श्रीमानलाई सोध्दा थाह लाग्छ ।
तसर्थ जाबो १५ मिनेट त हो नि ढिला भएको जस्तो अभिव्यक्ति पनि खेदजनक छ । समयको महत्व र भूमिका समय नपुग्ने र नहुनेको लागि कति अमुल्य छ । मन्त्री भट्टराईको face book status र बाहिर आएको कुरा समयको अन्तर विबादास्पद छ । यसरी बिबादास्पद बनेको समयको ’boutमा फरक देखिनु समयको महत्व सिमा र क्षेत्र ’bout कति लापरवाह छ सचिवालय भन्ने उदाहरण मिल्छ । कुरा सानोतिनो लाग्छ तर सचिवालयमा बस्नेहरुको गम्भीरता र समय ब्यबस्थापन क्षमताको अभाव यसले दिएको संदेश हो ।
ब्यबस्थापकीय क्षमता नभएका ब्यबस्थापकको कारण पनि कैलालमा समयमा कायक्रम नसकिनु देखि नेपालगंजको आकस्मिक काण्डले स्थान पाएको हो । एकदिन प्लेन छुटेर संसदमा जबाफ दिने कार्य एक दिन पर सर्थ्यो तर योगेसको कारण प्लेन ढिला भएको भनेर सार्वजनिक आलोचना र गाली खाने समय त टर्थ्यो नि ? दुर्भाग्य जे हुनु थियो त्यो भयो तर अरु नहुनुपर्ने कुरा हुनु र टार्न सकिने कुरा टार्न ध्यान नपुर्याउनुले अपरिपक्वता देखाएको छ जुन योगेस भट्टराईको लागि अझै सुहाउने कुरा थिएन । जहाजमा प्रतिकार नगरी मुसुमुसु हाँसेर बसेका योगेसको शालीनता त्यतिबेला कायर भयो जतिबेला जहाजमा नसुनिएको कुरा अर्थात पारस शाह कार्ड फ्यालेर दुर्ब्यबहार गरिएको कुरा स्टाटसमा राखे ।
नियोजित षड्यन्त्र भनेर प्रचार गराए । साही जत्था योगेश आउछन र बिरोध गरौला भनेर पुर्व योजना बुनेर त्यहाँ पुगेका थिएनन जब प्लेन ढिलो हुने कारण थाह पाए तब आकस्मिक बिरोधमा उत्रेको हुन् भनेर नबुझेको कसैले छैन । त्रुटी भएको कुरा स्वीकार गरेर माफि मागेपछि अरु अनावश्यक कुराको आत्मरतिले भरिएको प्रमाण बेगरको कुराको सहारा लिएर हल्का नबन्नु पर्थ्यो । बने जुन उनको गरिमालाई म्याच नगर्ने छुद्रता हो । ज्ञानेन्द्र शाही कुनवाद बोक्छन, कुन सिद्दान्त अंगालेर सुत्छन्, कसको भक्ति गर्छन त्यो कुरा बिर्सेर हेर्दा उनी पनि एक नेपाली नागरिक हुन र बुद्द एयरका त्यो दिनका यात्री ।
उनलाई पनि प्लेन ढिलो हुदा मर्का पर्दैन र ? भ्रस्टाचार विरुद्द भनेर आगो ओकल्दै हिड्ने ज्ञानेन्द्रलाई मन्त्री योगेशले नियमित उडानमा समय कुराएर गरेको अनैतिकताको प्रदर्शन पनि भ्रस्टाचारको अर्को रुप हो तसर्थ शाहीले आफ्नो मुद्दाको वकालत गरेर मिडियाको ध्यान खिच्ने अवसरको रुपमा योगेस लाई प्रश्नहरुको वर्षा गरे त्यो अस्वाभाविक हुदै होइन । एक मन्त्रीको लागि त्यति धेरै यात्रुको समयको मुल्य नहुनुपर्ने हो र ? उनी पनि पिडित यात्री थिए आक्रोश पोखे बस यति सहजै लिन सकेको भए घटना पाठ सिक्ने र सिकाउने मेलो बन्थ्यो अझ उच्च नैतिकता र बिदेशी अनुभव हेर्ने हो भने यो पटक म चुके नैतिकताको आधारमा राजिनामा दिन्छु कति ठुलो लेसन नेपाली राजनीतिको लागि हुने थियो, मन्त्री योगेसको उचाई बढ्ने थियो ज्ञानेन्द्र शाहीहरु केही छिन कराएर गुमनाम बन्ने थिए । नैतिकताको आधारमा राजिनामा दिएर एउटा मुल्य स्थापित गर्ने पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामांगको उचाई घटेको कसैलाई लागेको छैन बरु एक मानक स्थापना गरेका छन् जबाफदेहिता र नैतिक मुल्यको ।
मान्छेहरु, बौद्धिक बर्गले ज्ञानेन्द्र शाही र योगेश भट्टराईलाई समान हैसियत दिन सक्दैनन् जतिठुलो राजनीतक दुश्मनी नै भए पनि झन् पंक्तिकार त आलोचना गर्दा गर्दै पनि योगेश भट्टराईसक्षम र सबल यूवा नेताहुन् यी प्रति अनावश्यक आग्रह पाल्नु हुदैन, कतै आफैले पाले कि भनेर सचेततापुर्वक तथ्य देखाएर असहमति व्यक्त गर्ने र सकारात्मक मान्यता पालेर स्वस्थ र उदेश्यमुलक आलोचना गर्ने पात्र हो । योगेश भट्टराई र साहीको तुलना हुन सक्तैन भन्ने विश्वास आज पनि उत्तिकै छ तर गणतन्त्रको मसिहा योगेश र अरु कतै समर्थन गर्ने नागरिकको हक घटी बढी हुदैन दुवैको समानता र स्वतन्त्राको हक बराबरी, कानुन सम्मत भन्ने धारणामा म स्पस्ट छु ।
गणतन्त्रको लागि लडेको कारण योगेशको अधिकार बिशेस हुने र गणतन्त्र बाहेक अन्यत्र आस्था राख्नेको हकमा त्यो कुण्ठित यो मान्न सकिने विषय होइन, हुदैन । पदमा रहदा या कुनै पार्टीको उपल्ल्लो स्तरको नेता भएको कारण विशेसाधिकार प्राप्त हुन्छ भन्ने सोच जहाज चढ्दा होस् या बस चढ्दा या सार्वजनिक बाटोमा हिड्दा त्यो अप्रजातान्त्रिक र असंस्कृतिक असभ्यता हो । संस्कृति मन्त्रीसँग असल असंस्कृति नभएको थप प्रमाण हो । झन् सार्वजनिक पदमा बसेको र जनताको करले आफ्नो हैसियत बनाउने व्यक्ति अरु जबाफ देहि विनयी र जनताप्रति उत्तरदायी हुनु कानुनि राजको सभ्यता र सुन्दरता हो । सार्वजनिक मिडिया डाइरेक्ट डेमोक्रेसी हो यसको असर र प्रभाव कस्तो हुदो रैछ ।
सकारात्मक कुराको सकारात्मक चर्चा नकारात्मक कुराको नकारात्मक टिप्पणी बिगत केहि हप्ता अघि पुर्व उपप्रधानमन्त्री मन्त्री एवं कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई देखाएको सम्मान भावको तारिफ र अस्तिको जहाजको आलोचना दुवै यहि सार्वजनिक संचार मामलाको कमाल होइन र ? केहि दिन अघि मात्रै त्यत्रो तारिफ गरिएको मान्छे यो पटक पनि मेरो कारणले प्लेन ढिला नहोस बरु म भोलि जान्छु यात्रुहरु मर्कामा नपरुन भन्न सकेको भए प्रसंसा अरु चुलिन्थ्यो सकारात्मक संदेश अर्को जान्थ्यो किन चुक्नु पर्यो आत्मग्लानी र अफसोच पनि हुनुपर्ने होइन र ? प्रसंसा बटुल्ने, नैतिक तागत आर्जन गर्ने मौका चुकाएर बदनामी किन रोजेको ? खै सचिवालयको दक्षता ? अदक्षहरुको घेराभित्र एउटा व्यक्तिको दक्षता आफै हराउछ जसरी हराउछन कुहिरोमा कागहरु ।
प्राकृतिक कारण र मानवीय कारणले प्लेन ढिला हुनुलाई एकै घानमा हालेर कुतर्क गर्नेहरुलाई प्रकृतिको बिगार र मान्छेको बिगार एकै हुन्न प्रकृति सजायको भागीदार बन्न सक्तैन तर मान्छे सजायको भागीदार बन्छ नियम कानुन भन्दा माथि ईश्वरको पनि कल्पना गरिन्न्न भौतिकवादी यूग र दर्शनमा भन्नेकुरा सम्झाई रहनु नपर्ला ? सरकारको आलोचना हुने बित्तिकै, मन्त्रीहरुको योग्यताको बिरुद्द खबरदारी गर्ने बित्तिकै किन राजावादीको आरोप लगाएर खबरदारी गर्नेहरुलाई लान्छित गरिन्छ ? गलत रवैयाको बिरोध गर्ने सबै राजवादी नै हुन् र ? गुठि बिरोधमा निस्कनेहरू पनि राजवादी, गोविन्द के सीको समर्थनमा देशभर प्रदर्शनगर्नेहरु पनि राजवादी, रवि लामीछानेको पक्षमा बोल्नेहरु पनि राजावादी, रास्ट्रपति र प्रधानमन्त्रीले घन्टौ सडक र आकास जाम गराउदा असन्तुस्टी जनाउनेहरु पनि राजावादी, चाबेल बौद्द सडक छिटो बनाउ भन्ने, कलंकी नाक ढुंगा सडक बनाउ भन्ने, मेलम्ची पानी काठमाडौंमा तुरुन्त झार भन्ने, वाइडबडी जहाजको घोटाला छानबिन गर भन्ने, एनसेल बाट कर उठाउ भन्ने लगायत तमाम देसको विकृति विरुद्द बोल्ने सबै सबै राजवादी भए पछी गणतन्त्रवादी चै सरकारमा बस्ने केहि थान मान्छेहरु र पार्टी नेतृत्वमा बस्ने २०, पचास दर्जन मान्छेहरु मात्रै हुन त ? खै न्यायको आँखा ? खै आफुलाई भोट दिएर जिताउने जनता प्रतिको जिम्बेवारी बोध ? बिरोध गर्ने बित्तिकै, असहमति राख्ने बित्तिकै अर्कै कित्ताको दुश्मन देख्ने आँखाको धुलो कहिले सफा हुन्छ ? विवेकको आखामा फुलो पर्न थाले पछि देखिने भनेकै यस्तै हो ।
रातो टीका लगाएर राजा मन्दिर बाट निस्कदा पनि गणतन्त्रको रंग फिका देखिन थाल्छ । सडकका खाल्डाखुल्डी पुर् भन्दा पनि झस्कने र तर्सने किन बन्दैछ गणतान्त्रिक प्रणाली ? प्रणाली मजबूत बनाउन प्रणाली हाक्न जानेको नैतिक आचरणले पनि भूमिका खेल्छ होइन र ? चौतर्फी आलोचना असक्षमता र बिरोध देखे सुने पछि पक्कै कुनै त्रुटी र कमजोरी भएको बुझ्न त्यो आत्माले किन कन्जुस्याइँ गरेको होला ? घाम जुन झैँ आयू लिएर कोहि आएको छैन यो छोटो समय भित्र आफुलाई परिस्कृत र परिमार्जन गर्न योगेस कमरेड जस्ता आशालाग्न्ने युवा नेताहरुले नगरे कसले गर्ने ? राजा, राजाका मान्छेलाई दोष दिएर सधै उम्कने, छलिने र चोखिने मौका मिल्दैन कमरेड । समयमा नै दांत पलाएको राम्रो, चेत आएको ठिक, अरुको टाउकोमा दोष फालेर आफु चोखो बन्न जहिल्यै सकिन्न । समयले नकाब उतारेपछि त नांगै पो भइन्छ होइन र ? नकाब साहीको पनि उत्रन्छ भट्टराईको पनि तसर्थ नकाबले ढाकेर अवान्छित गतिबिधि नगर्नु, नगराउनु दुवैको हितमा हुनेछ काठमाडौँ आए पछि पनि सरकार र सरकारका मान्छेहरु लागेर ज्ञानेन्द्र साही विरुद्द जुन हर्कत गरेका छन त्यो ज्यादती र हर्कतले योगेसको उचाई बढ्दैन ।
ज्ञानेन्द्र शाहीले मन्त्री माथि दुर्ब्यबहार गरेको भए कानुनि उपचार खोजिनु पर्छ भौतिक आक्रमणमा मान्छे परिचालन गर्नु राज्यको जिम्बेवार निकायको धर्म भित्र पर्दैन । जिम्वेवार निकायको प्रतिनिधि नै अनुत्तरदायी र अराजक भए पछि उत्ताउला ज्ञानेन्द्र शाहीबाट सलिन शिस्ट र सुसंस्कृत ब्यबहार र मर्यादाको अपेक्षा गर्न कसरी सकिएला र खै ? जिम्वेवारीको कारण, पार्टी नेता हुनुको अर्थमा योगेस भट्टराईमा जति संबेदनशीलता अपेक्षा गरिन्छ त्यो अपेक्षा सामान्य नागरिकसंग गरिन्न कसैलाई पनि असिस्टहुने छूट छैन झन् पर्यटन मन्त्रीलाई त्यो छूट हुदै हुदैन । जिम्वेवारीको भारी बोकेको मान्छेमा सहनशीलता जहाजमा बस्दा जस्तो थियो काठमाडौँ आए पछि प्रतिवाद आवश्यक थियो तर शालीन प्रतिवाद नकि अरिंगाल परिचालन । संयम हुने रेस्पोंसिबल बन्ने निकायमा रहने मान्छेले बढी हो सडकमा बस्नेले भन्दा । सडकम बिरोध गरेर हिड्ने र मन्त्री पदमा बस्नेको उस्तै र समान हैसियत देखिनु दुर्भाग्यपूर्ण छ । अधिकार बराबरी हो जिम्वेवारी र संवेदनशीलता राज्यको पधाधिकरीमा अवश्य पनि धेरै छ, हुनुपर्छ ।
देशमा लोकतान्त्रिक गणतन्त्र नै छ ब्यबहारत भने नेपालगन्ज जहाज प्रकरणको पटाक्षेप निम्न तवरले भएको हेर्ने जनताको नजर उत्सुकतापूर्वक पर्खिरकेको छ । आफ्नो असावधानी महशुस गरि नैतिक मुल्य स्थापित गर्न पर्यटन मन्त्रीले राजिनामा दिनेछन । मन्त्रीलाई पर्खने प्लेन कम्पनीले यात्रुलाई क्षतिपूर्ति दिनेछ । मन्त्रीलाई जथाभावी बोल्नेहरु जेलको चिसोमा पुग्नेछन अनि देशले सुशासनको प्रत्याभूति दिनेछ । नागरिक अनुसाशित र निष्ठावान बन्नेछन जिम्वेवार राज्यको प्रतिनिधिको मर्यादा अरु बढोत्तरी हुनेछ । लोकतान्त्रिक गणतन्त्रको सुवाशाना चल्नेछ । रैतीहरु नागरिक भएको अनुभूत गर्नेछन