बाढीले दुई जना बेपत्ता, पाँच घर बगायो
म्याग्दी । बेनी नगरपालिका- २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । शनिबार रातिदेखि अविरल वर्षापछि आएको बाढीले १० वर्षाीया शर्मिला परियार र ६ वर्षाीया अनिष्का परियार बेपत्ता भएका हुन् । उर्लिएर आएको बाढीबाट बच्न भागाभाग गर्ने क्रममा दुई बालिका बेपत्ता भएकाे स्थानीय माया परियारले जानकारी दिइन ।
त्यस्तै बाढीले विद्यालय र केहि घरमा पनि क्षति पुर्याएकाे छ । बुद्ध एकेडेमी विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने माया परियार, पार्वती परियार, रेशम जुग्जाली र सेते परियारको घर पूर्ण रुपमा क्षति भएको छ । पाँच घरमा सामान्य क्षति पुगेको छ। घरभित्र बाढी पसेपछि भाग्ने क्रममा केही समान्य घाइते समेत भएका छन् ।




