सुन लुटेको आरोप लागेका प्रहरीका असइ फरार

काठमाडौं- सुन लुटपाट गरेको आरोप लागेपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामा फरार भएका छन् । काठमाडौको घुमुवा टोलिमा रहेका असई लामाले ३ असोजमा बौद्धमा सुन लुटपाट गरेको उजुरी प्रहरीमा परेपछि उनी फरार भएका हुन् ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले लामाको घट्ना’bout अनुसन्धान भइरहेकोले थप बताउन नमिल्ने जानकारी दिए। लुटेरासँग उनको संलग्नता देखिएको प्रहरीले स्रोतले जनाएको छ । लुटपाटमा संलग्न भएका एक जना व्यक्तिले प्रयोग गरेको मोटरसाइकल पनि लामाकै नाममा रहेको प्रहरी स्रोतले जनाएको छ । सुन लुटिएका पीडितले प्रहरीमा उजुरी दिएपछि असई लामा लुटपाटमा संलग्न रहेको खुलेको हो ।

लुटपाटको घटना लगत्तै असई लामा फरार भएको प्रहरी स्रोतले जनाएको छ । ‘उनी विदामा छन् विदामा भएकाले उनी हाजिर हुन आएपछि मात्रै थप अनुसन्धान हुनेछ’, परिसर प्रमुख सुवेदीले भने। सो घट्नामा अन्य व्यक्तिहरुपनि संलग्न रहेकाले अनुसन्धान जारी रहेको उनको धारणा छ ।