कृषि विकास बैंकबाट ३ करोड बढी चाेर्ने ९ जना पक्राउ
काठमाडौं । कृषि विकास बैंकको रकम ट्रान्सफर गरी रकम तीन कराेड भन्दा बढी लुटपाट गरेको आरोपमा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राति प्रहरीले उनीहरूलाई काठमाडौं र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो ।
कृषि विकास बैंकको केन्द्रीय शाखाबाट रकम ट्रान्सफर गरी एटिएमबाट निकालेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ रहेका छन् ।
प्रहरीका अनुसार समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए ।