प्रहरीले गाेली चलाएर समात्यो ४ डाँका

जनकपुर । जनकपुरमा डकैती गर्दागर्दै ४ जना डाँकामाथि प्रहरीको गोली चलाएर पक्राउ गरेको छ । बिहिबार विहान ३ बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैत गरिरहेका डाँकामाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका हुन् ।
चार डाँका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाउँदा एक डाकाको खुट्टामा गोली लागेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनलाई उपचारका लागि जनकपुर अंचल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको साथबाट हतियारसमेत बरामद भएको छ ।
भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिकाका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका–४ का ४५ वर्षीय विनोदप्रसाद सिंह पक्राउ परेको प्रहरीले जनाएको छ ।