सवारी जामले बिरामीको बाटोमै मृत्यु

धादिङ । रौतहटबाट काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा सवारी जामले रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको मृत्यु भएको हाे ।
आफन्तका अनुसार उपचारका लागि काठमाडाैं जाँदै गरेका मृतक साह मृगौलाका बिरामी थिए ।
नौबिसे-नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएकोमा शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो ।