महराले दिए राजीनामा

काठमाडौं । । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि  यौन दुव्र्यव्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले नैतिकताको आधारमा राजीनामा दिएका छन् ।

आफूमाथि लागेको  आरोपको सत्य,तथ्य र निष्पक्ष छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी आजैका मिति देखि छानविन प्रक्रिया नसकिँदासम्म आजैका मिति देखि राजीनामा दिएको महराले केहीबेर अघि जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महराले प्रतिनिधि सभाका उपसभामुखलाई सम्बोधन गरी राजीनामा दिएका छन् । 

यो घटनालाई लिएर निकै तनावमा परेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले महरालाई कुनै विकल्पबाट पनि बचाउन नसकिने निष्कर्षमा पुगेपछि आज बिहानै सचिवालय बैठकमा छलफल गरी निकाश निकाल्ने सहमति गरेका थिए । त्यसपछि आकस्मिकरुपमा बसेको सचिवालय बैठकले महिला कर्मचारीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सभामुखबाट मात्र होइन सांसद पदबाट समेत राजीनामा दिन महरालाई सुझाव दिईएकोमा उनले सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।