अनुसन्धानको लागि ५ दिन म्याद थप

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई अनुसन्धानको लागि म्याद थप गरेको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा बयानपछि आइतवार अपरान्ह उपस्थित गराइएका महरालाई शनिबारदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो ।  

महरालाई सरकारी वकिलले आगामी बुधबार अदालतमा उपस्थित गराउनेछ । गत असोज १९ गतेदेखि प्रहरीको हिरासतमा परेका महरा पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा रहेका छन् ।