महिलाहरु नै महिलामैत्री नभएपछि शिबमायालाई गाह्रो।
एक महिला माथि अन्याय हुदा किन विभक्त हुन्छन महिलावादी कमरेडहरु ? किन आफ्नो पक्ष र आफ्नो खेमाको, आफ्नो भागको लागि मात्रै हुन्छ लडाई ? हिजोको पुर्व एमाले र पश्चिम माओवादीको बिभाजन र तुष किन अझै जीवन्त राख्ने ?
उपसभामुख शिवमाया तुम्बाहाम्फे स्वाभाविक रुपमा सभामुखको दावेदार मात्र हैनन् हकदार पनि हुन। उनको हकदावीलाई प्राकृतिक न्यायको सिद्दान्तको आँखाले गलत ठहर्दैन। नारीको कारण सभामुख गुमाउन पुगेपछि खाली सभामुख पदमा बिभिन्न बहाना, आन्तरिक राजनीति र नेता ब्यबस्थापनको लफडा निम्त्याएर एक नारी पात्रलाई सभामुख हुन्बाट बिमुख बनाउने कुरा स्वीकार्य र युक्तिसंगत हुन सक्तैन। उपसभामुख सभामुखको लागि योग्य र बलियो हकदार अनि पहिलो दावेदार हो । तर राजनीतिको विसंगत परिभाषा र अवसरवादी चरित्रले मानवतावाद भित्रको नारीवादलाई दोश्रो दर्जाको अधिकारी साबित गर्ने हाम्रो परम्परा र संस्कृति बसेको छ जसको विरुद्द नारीवादी आवाज, मानवतावादी आवाज झिनो र दुब्लो देखिन्छ ।
मानवतावादमा खरावी आउनु, त्यस भित्र स्वार्थको चलखेल हुनु नारीवाद कमजोर र निस्तेज सावित हुनु हो । नारीवाद मौसमी छ, नारीवाद पार्टीगत छ, नारीवाद गुटउपगुटगत छ , नारीवाद पक्षीय छ स्वतन्त्र र उत्कृस्ट नारीवाद हुँदो हो त रंजु दर्शनाले काठमाण्डौको मेयरमा पराजित हुनु पर्थेन। रन्जु प्रतिनिधि पात्र र केन्द्रिय राजनीतिमा परिचित नाम भएकोले काठमाडौँको मनोविज्ञानबाट देश नियाल्न उनलाई उदृत गरेको छु । जसलाई सुक्ष्म रुपमा विश्लेषण गरियो भने सबै बाद र मतको असलियत जान्न सहायक सिद्द हुन्छ । स्वार्थको लागि वादहरुको सौदाबाजी र मोलमोलाई हुनेगरेको छ । चर्का चर्का वादहरु रन्जु पात्रको उदाहरणले नग्न बन्न पुग्छन ।
राजनीतिमा महिला, युवा र नयाँ पात्र र प्रवृतिको उदय भएन हाम्रो पार्टी नविन चिन्तन सोच र शैलीलाई प्राथमिकता दिन्छ, महिलालाई पहिलो अवसर, युवालाई स्पेस पढेलेखेका नयाँ पुस्तालाई राजनीतिमा आकर्षण सबै पार्टीका नेताहरुको मुखमा रहेको वाणी । अरु भन्दा हामी विशेष प्रगतिशील र महिलावादी छौ सबै कम्युनिस्ट पार्टी तिनका भ्रातृ संगठनको दावी तर महिलावाद, कुनै पार्टी, कुनै निस्चित, सिद्दान्त, कुनै गुट र कुनै बर्ग, क्षेत्र र लिंगको मात्र सबाल र अस्तित्वको पाटो हो कि समग्र मानवजातिको ? महिलावादी भित्र पनि पक्षीय चिन्तन र स्वभाव हावी छ तसर्थ सक्षम, सबल र सबै गुण र योग्यताले अब्बल हुदाहुदै पनि आफ्नो पार्टीको मान्छे भएन भने महिलाको भोट महिलाको लागि पर्दैन, यो किन ? खै यसमा छलफल र विमर्श ?
आफ्नो दलको नभए योग्य देखिन्न। वाद रुपी चस्मा भिरेका अधिकारवादी महिलाहरुले पनि सच्चा महिलाअधिकार , सच्चा महिलावाद र मानवतावाद भुलेर पुरुष हैकमवादलाई अनुमोदन गर्न पुग्छन । नारा लगाउछन पुरुष हैकमवाद मान्दैनौ। महिला अधिकारकर्मी भएर, महिला हक अधिकारको लागि बर्षौ संघर्ष गरेर महिला बिरुद्दको गोटीमा उपयोग भएका छन कतिपय अवस्थामा यसर्थ भन्न सकिन्छ वादहरू मौसमी छन, दलका भरिया छन, खेताला र पाल्तु छन, दलले उपयोग गर्ने हतियार मात्र हुन्। महिलावादी हुनु भनेको महिलाको हर कुरा जायज र सहि छन् भनेर आखा चिम्लेर समर्थन गर्नु किमार्थ होइन, निष्ठा सत्य र न्यायको लागि बहस पैरवी र संघर्ष गर्नु हो ।
आफ्नो पार्टी को महिला नभएकै कारण अर्को [पार्टीको योग्यलाई अयोग्य देख्नु महिलाअधिकार बादी होइन् स्वार्थको झुण्ड हो। अधिकारवादीहरु केवल मौसमी छन, स्वार्थ केन्द्रित छन, आत्मकेन्द्रित छन विशुद्द महिलावाद, जनजातिवाद, दलितवाद हुन् र बन्न सक्तैनन्। आफ्नो पक्ष र लबीको मात्रै मानवाधिकार देख्नेहरु मानवअधिकारवादीको बिल्ला लगाएर हिडछन। आफ्नो पार्टीको उमेरदार भएन भने अर्को पार्टीको दलितलाई भोट दिने उदारता राख्दैन एक दलित अधिकारकर्मी। जनजाती उमेद्वार छोडेर आफ्नो पार्टीको बाहुन क्षेत्रीको लागि गर्दन दिन तयार हुन्छ जनजाती हितको ए.जी. ओ.चलाउने एन जी ओकर्मी।
जातको आधारमा समावेसी समानुपातिक कोटा छुट्याउदा गरिब तर जेहेन्दार क्षत्री ब्राम्हणलाई मर्का पर्यो भनेर जातिवादी बाहुन क्षेत्रीको जातीय संगठन चलाउने अगुवा जनजातिको उमेद्वार जिताउन धन मन र तनले लागिपरेको हुन्छ। जातलाई होइन बर्गलाई प्राथमकिता भन्ने उसको ढोंग पल पल सहिद बनाउन ऊ आफै मरिहते गरेर लागिपर्छ तव विश्वास कसको गर्ने ? जातीय आरक्षणले देसमा जातीय युद्दको सम्भावना हुन्छ जातको कारण योग्य अयोग्य हुनुहैदन भन्ने राजेन्द्र लिंगदेनहरु क्षेत्री ब्राम्हण को मुख्य बैरी बन्छ। मानवतावादको वकालत गर्दा आफ्नै जनजाती समुदायबाट बहिस्करणमा पर्नुपर्छ। बिडम्बनापूर्ण छ हाम्रो सोचाई, विरोधाभाषपूर्ण छ हाम्रो ब्यबहार।
काठमाडौँ महानगरको मेयरमा रंजुले दावी गरिन र विवेकशील पार्टीको तर्फबाट उमेद्वारी दिइन तर प्रमुखमा पुरुष उमेद्वार तत्कालिन नेकपा मार्फत बिध्यासुन्दरले जीत हात लगाए यतिबेला प्रश्न गर्न मन लाग्छ महिलावादीहरु, अधिकारवादीहरु किन रंजुलाई भोट नदिएर आफ्नो पार्टीको बफादार भरिया बने ? आफ्नो पार्टीको तर्फबाट महिला नै उमेदार भएको भए ठिक थ्यो ती महिलाले नै पार्टीगत महिला भोट पाइन् तर महिला नहुदा सगर्व पुरुषलाई भोट दिनेले आफुलाई महिला, युवा र सामाजिक न्यायको पक्षपाती भन्न सुहाउला र ? आफ्नै पक्षको मात्र सबलीकरण, आफ्नैले मात्र अवसर भन्ने एकपक्षीय चिन्तन र प्रवृतिले महिला उत्थान विकास र अवसरमा योगदान नपुगेको हो ।
महिला नै महिला मैत्री नहुदा पुरुषलाई मात्रै गाली गर्ने हक रहला नरहला ? यदि महिला महिला मैत्री रहन्थे हुन्थे भने महिला जनाप्रतिनिधि अत्यधिक र महिलाधिकर्मीहरु मात्र पनि महिला मैत्री हुन्थे भने महिला प्रतिनिधित्व अरु धेरै र निर्णायक रहने प्रवल सम्भावना नकार्न सकिन्न । रन्जु एक युवा हुन्, महिला हुन्, सामान्य घरानाकी बाबुले हेला गरेकी स्त्रीकी छोरी हुन खै न्याय, सत्य र महिलाधिकारको कुरा गर्नेको विवेक ? हार जित सामान्य कुरा हो तर महिलाकै भोट रंजुहरुले नपाउनु महिला स्वयं आफ्नो प्रताडनाको आफै भुक्तभोगी हुन् भन्ने प्रमाण पनि हो ।
दलीय, दल भित्र पनि पक्षीय, गुट उपगुटको शिकार बन्ने महिला अधिकारकर्मीको विवेक आज पनि शिवमाया तुम्बाहाम्फेप्रति संवेदनशील छैन। यो र ऊ बहानामा, पुर्व एमाले र पुर्व माओवादी केन्द्रको भागबन्डा र स्वार्थको घेराबन्दीमा शिवमाया प्ति कुठाराघात हुँदैछ । कम्तिमा नेकपा भित्रका सबै महिलाको आवाज मुखरित हुनुपर्ने हो शिवमायाको खातिर । महिला संसदहरुले लविंग गर्नुपर्ने हो शिवमाया हामी सबै महिलाको प्रतिनिधि भनेर। प्रथमत शिवमाया सभामुखको लागि योग्य उमेद्वार हुन् द्वितीययि नी महिला हुन्, तृतीय जनजाती हुन्, चतुर्थ राम्रो पढेलेखेकी बिद्या बारिधि गरेकी पात्र लगायत यावत पक्ष उनका सबल छन। बिद्यार्थी राजनीतिमा सामान्य कार्यकर्ता देखि अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष र तत्कालिन नेकपाको मोरङ जिल्ला इन्चार्ज यिनको अनुभव हो तसर्थ कुन कमजोरी र क्षमताको अभावमा सभामुख हुने बाटो छेकिदैछ ?
एक महिला माथि अन्याय हुदा किन विभक्त हुन्छन महिलावादी कमरेडहरु ? किन आफ्नो पक्ष र आफ्नो खेमाको, आफ्नो भागको लागि मात्रै हुन्छ लडाई ? हिजोको पुर्व एमाले र पश्चिम माओवादीको बिभाजन र तुष किन अझै जीवन्त राख्ने ? पुर्व माओवादीले पनि निशर्त शिवमाया तुम्बाहाम्फेलाई सभामुख निर्वाचित गर्न ठुलो छाती देखाउनु आवश्यक छ, आज शिवमायाको पक्षमा देखाएको ठुलो छाती भोलि आफ्नै खेमाको अर्को व्यक्ति शिवामयाको नियतिमा पुगदैनन भन्ने राजनीतिको जोड़घटाउको लागि पनि पुर्व माओवादीले उदारता प्रदर्शन गर्नुमा सबैको भलाई अन्तर्निहित छ । आफ्नो भागको सभामुख उम्केला भन्दा पनि सत्य, न्याय, निस्पक्षता, र पार्टी लाई भावनात्मक रुपमा एक बनाउन प्रचन्डले खेल्नुपर्ने भूमिका उलेख्य र उच्चस्तरको हुनेछ । आन्तरिक विभाजनको रेखा क्रमशः मेट्दै जान, राजनीतिमा इमानको कदर गरिराख्न र पार्टीको सुद्रिढ एकताको लागि झिनामसिना कुरामा शंका लोभ, इर्श्या लिनु तर्कसंगत हुदैन ।
प्रचण्ड र ओलीले आफ्नो खेमाका नेता कार्यकर्ता जिताउने, तान्ने, होइन देस जिताउने, थिति बसाउने, असल स्थिति बसाल्ने राजनीतको विरासत देश र पार्टीलाई दिनुपर्छ । थिति पद्दति, संस्कार र रिति बसाउन संसादमा रहेका सबै दलले शिवमायालाई सभामुख निर्वाचित गरुन यदि अरु दलले गरेनन सकेनन भने स्वयं नेकपाले शिवामयाको विकल्प खोज्नु भनेको बेथितिलाई अरु मलजल गरेर आफ्नो आन्तरिक राजनीतिमा अर्को एउटा तुष रोपी राख्नु हो । यो परिस्थितिमा शिवमाया तुम्बाहाम्फेको पक्षमा बोल्न लेख्न र वकालत गर्न कुनै अधिकारबादी हुनु पर्दैन सच्चामानवतावादी भए पुग्छ । मनावाताबाद भित्र सबै वाद र सिद्दान्त अटछ । सभामुखमा शिबमायाको पक्ष लिन महिलावादी नभए पनि पुग्छ झन् मौसमी र झिल्के महिलावादी आवश्यक हुदैन मानवतावादी चै हुनैपर्छ । शिवमायालाई आरक्षण र दया अनि सहानुभूतिको लागि नभएर योग्यता, क्षमता र निष्पक्षताको उनको पार्टीले सभामुखको उमेद्वार बनाउनु बेठिक हुनेछैन ।
स्मरणीय छ, शिवमाया तुम्बाहाम्फे र रन्जु दर्शना हाम्रा प्रतिनिधि पात्र हुन । राजनीतिमा देशभर सबै ठाउँमा यस्ता पात्रहरु छन।यिनीहरु देशका राजनीतिक भविष्य हुन पंतिकारले पद्दतिको संगतिको कुरा गर्न उदाहरण पेश गरेको मात्र हो कुनै सम्बन्ध र स्वार्थको कारण यी दुई पात्र आलेखमा परेका होइनन।