प्रधानमन्त्रीको दोस्रो डायलाइसिस सकियो, प्रधानमन्त्री आजै बालुवाटार फर्किनुहुन्छ: दाहाल


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस सम्पन्न भएको छ। ओलीलाई भेट्न ग्राण्डी अस्पताल पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटककाे डायलाइसिस सकिएको र स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी दिए। प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने दाहालको भनाई छ।

‘दोस्रो पटककाे डायलाइसिस सम्पन्न भएको छ। स्वास्थ्य अवस्था सामान्य हुँदैछ। अब आराम गरेर प्रधानमन्त्री ओली आजै बालुवाटार फर्किनुहुन्छ’, दाहालले ग्राण्डी अस्पतालमा पत्रकारहरुसँग भने। 

दाहालका अनुसार बालुवाटार फर्किन प्रधानमन्त्री हतारिएका छन्। यद्यपि प्रधानमन्त्रीको उपचारको अन्तिम रिपोर्ट आइसकेको छैन। रिपोर्टका आधारमा चिकित्सकले थप निर्णय लिनेछन्। नगरिकन्युज