‘आई एम फिट’ : प्रधानमन्त्री, अस्पतालबाट भए ‘डिस्चार्ज’

काठमाडौँ, १४ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । यस क्रममा उहाँको हेमोडायलासिस गरिएको थियो ।

यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री ओलीको मिर्गौलाको दोस्रो पटक डायलासिस गरिएको थियो ।प्रधानमन्त्री ओली बुधबार अस्पताल भर्ना भएका थिए । उनको बुधबार नै आकस्मिक रुपमा डायलासिस गरिएको थियो ।रगत परीक्षणको रिपोर्टहरु आएपछि थप उपचार प्रक्रिया तय हुने बताइएकोे छ ।(रासस)