डा केसीको डडेल्धुराबाट १७ औं अनशन शुरु


डडेल्धुरा । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले आफ्नो १७औं अनशन डडेल्धुराबाट शुरु गरेका छन्। 

डा. केसीले पत्रकार सम्मेलन गरी सोमबार बेलुकी ५ बजेदेखि सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा सदरमुकाममा अनशन शुरु गरेका हुन्। सात बुँदे माग अघि सार्दै केसीले सत्याग्रह शुरु गरेका हुन्।

केसी डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तोस्रो तलको एउटा कोठामा अनशन बसेका छन्। सरकारले आफ्ना माग पूरा नगरेसम्म आफ्नो अनशन जारी रहने उनको भनाइ छ। 

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका थिए । उनले आफ्नो १६औँ अनशन इलाम पुगेर सुरु गरेका थिए।