आरामी मुद्रा

नेताजी थकाइ मेट्न पल्टनुभयो । पल्टेर आराम गर्नुभयो। अचेल उहाँ काम भन्दा बढी थाक्नुहुन्छ । केही त उमेरका कारणले हो । कहिलेकाहींं त कामै नगरी पनि थाक्नुहुन्छ । अर्थात् पल्टनु प¥यो वा आराम लिनुप¥यो कि उहाँलाई थकाइ लाग्छ । आज पनि त्यसै भएको छ । उहाँ बिहानदेखि चुपचाप हुनुहुन्थ्यो । दिउँसो त थकाइ लागिहाल्यो । त्यसैले पल्टनुभयो ।


नेताजी आँखा चिम्लिरहनुभएको थियो । यसैबेला एकजना कार्यकर्ता दगुर्दै आयो नैताजी भन्दै । बीचैमा एउटा चम्चाले उसलाई रोकिहाल्यो ।


किन, नेताजी सुक्ला हुनुभएको देखेनौ ?
त्यो त देखें तर नेताजीले नदेखेको देखाउँ भनेर आएको , कार्यकर्ताले भन्यो ।
के हो त्यस्तो ?


खतम हुन लाग्यो के । त्यसैले नेताजीलाई उठाउनु प¥यो छिट्टै ।
कुरा के हो भन न ।

पल्लो घरमा आगो लाग्यो क्या !

चम्चाले बाहिर हे¥यो । बाहिर साँच्चिकै पल्लो घरबाट धुवाँको मुस्लो आइरहेको थियो ।, धुवाँको मुस्लो देखेर पनि चम्चा आत्तिएन । बरु प्रफुल्ल भएर भन्यो – आहा ! बल्ल ठीक भयो त्यसलाई । म नेताजीलाई भनुँला तिमी जाऊ ।


कार्यकर्ता त अचम्भित भयो । कहाँ ऊ नेताजीलाई आफ्नो काम देखाउन आएको , कहाँ उसलाई बीचैमा रोकेर फर्कांइंदैछ ।


हैन नेताजीलाई छिटै उठाएर भन्नोस् न , कार्यकर्ता अलि आत्तिएर करायो । नेताजीको सामु उसलाई आफ्नो काम पनि देखाउनु थियो ।


नेताजीलाई उठाउनै पर्दैन , उहाँलाई थाहा छ ।, मानौ उहाँ त्यो सुन्दर दृश्य हेर्दै निदाउनु भएको हो क्या रे ।थाहा भए आगो छिटै निभाउने उपाय गरौं न ।


हामीले के उपाय गर्ने ! यो त हाम्रो लागि खुशीको कुरा हो । त्यो घर शत्रुको हो, त्यहाँ आगो लागेकै ठीक छ । त्यहाँ उहिल्यै आगो लाग्नुपथ्र्यो, बल्ल अहिले लाग्यो, ठीक भयो ।
यसैबेला अर्को कार्यकर्ता आएर भन्यो – आगो त झन फैलंंदैछ ।
त्यसो भए छिटो घर ध्वस्त हुन्छ , चम्चा झन खुशी भयो ।

– ए चम्चाज्यू , त्यो आगो यहाँ पनि लाग्ला । त्यसैले बेलैमा त्यसलाई निभाउन सघाऔं ।
यहाँ आगो लागेको त छैन । लागेपछि सोचौला । अहिलेलाई तिमी जाउ । नेताजीको निद्रा खल्बलिएला ।

चम्चाले नेताजीलाई उठाएन । बरु उठाउन खोज्ने कार्यकर्तालाई पो हप्कायो ।
नेताजी अझै आराम गरिरहनुभएको थियो । बाहिरको खलबल र आगो लागेको होहल्लाले पनि नेताजीको निद्रामा कुनै असर गरेन ।
चम्चाहरु झ्यालमा बसेर पल्लो घरमा लागेको आगलागी रमाइरमाइ हेरिरहे । टिकाटिप्पणी गर्दै रहे।

– ठीक भयो त्यो घरमा आगो लाग्नैपथ्र्यो , बल्ल आगो लाग्यो । आहा क्या रमाइलो !

– आगो नलागोस् पनि किन । सधैं आगोसँग खेल्छ , अर्को चम्चाले भन्यो ।
साँच्चि यस्तो अद्भूत दृश्य त नेताजीलाई पनि देखाउन पर्ने !
नेताजीले पनि देखोस् न, शत्रुको घर आगलागी भएको ।


हुन त हो, तर नेताजीलाई यस्तो अशुभ कुरा देखाउनु हुन्न , नराम्रो कुरा सुनाउन हुन्न क्या !
जसको घरमा आगलागी भयो, त्यसलाई पो अशुभ भयो त हामीलाई त शुभ नै भयो । सधैं हाम्रो खेदो खनिरहन्थ्यो । ठीक भयो त्यसलाई ।


चम्चाहरुको वादविवाद र कुराकानीले नेताजीको निद्रा खलबलियो । नेताजीले पल्टिंदै सोध्नुभयो – के भयो हँ ! के को खलबली हो ?


केही भएन नेताजी ! तपाई आराम गर्नोस् ।
बाहिर केही कोलाहल मच्चिएजस्तो सुनिन्छ नि के हो ?, नेताजीले सोध्नुभयो ।
हजुर केही होइन, दुईचार जना गलफत्ती गरिरहेको मात्र हो । त्यस्तो केही भएको छैन ।
दमकलको आवाज आएजस्तो छ नि ।


दमकल होइन हजुर हर्न बिगे्रको गाडी आएको हो । नेताजी केही भयो भने हामी खबर गरौंला , अहिले तपाई आराम गर्नोस् निश्चिन्त भएर ।


ओहो ! नेताजीको आरामको कत्रो ख्याल । यस्तो भयानक र कष्टदायी दृश्य नेताजीलाई देखाउनुहुन्न, नराम्रो असर पर्ला ।

भोलिपल्ट नेताजीले एउटा शोक वक्तव्य तयार पार्नुभयो । आगलागीले ठूलो जनधनको नोक्सानी भएकोले दुख व्यक्त गर्दै शोकको यस्तो घडीमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने वक्तव्य सबै संचारमाध्यममा प्रसार भयो ।