मनको बोझ
पैसा नभए अलिकति जग्गा बेचे पनि हुन्छ नि, त्यतिका जग्गा छँदैछ ।, उसले जवाफ दियो ।
बिहे गर्छौ त ?, बिकुमाया तजूले भनी ।
गर्ने ? , छ्याकचा हाँस्यो ।

चोकमा बसेर नानीथकु तजु फेलु घुमाइरहेकी थिई । धागो जेलिएको र बीच बीचमा गाँठो परेकोले त्यसलाई ओल्टाइपल्टाइ गरी अर्कोमा सारिरहेकी थिई । उसको छेउमा चोककै दुईचार जना महिलाहरु कोही साग केलाउँदै त कोही सुकुल बुन्दै आआफ्नै खालका घरधन्दा गरिरहेका थिए । ती यताउताका घरायसी गनथन पनि गर्दै थिए भने हात चलाउँदै एकसाथ काम पनि गर्दै थिए । तिनका लागि काम र कुरामा कुनै फरक थिएन । मानौं ती एकअर्काका परिपूरक थिए ।
धानचामल कुट्नको लागि चोकको बीचमा बनाइएको छाप्रोबाट सुकुचाकी जहान डालो बोकेर निस्की । उसले डालोलाई त्यहीँ बिसाई र एकछिन सुस्ताउन नानीथकू तजूसितै कुरा गर्न थाली ।
यसैबेला चोकमा छ्याकचा पस्यो ।
चोकमा लहरै ’round घरका महिलाहरुको भेला देखेर एकछिन टक्क उभियो । उसका आँखा राताराता थिए । पाइलाहरु ऋलि लरबरिएका थिए ।
उसलाई देखेपछि सुकुचाकी जहानले नै कुरा सुरु गरी – क्या हो छ्याकचा । तिमी त बिहे पनि नगर्ने भनेर बस्यौ रे हो ?
बिहेको कुरा सुन्नासाथ छ्याकचाको मुहारमा एक प्रकारको उज्यालो फैलियो तर लगत्तै बिहे नगर्ने भन्ने कुराले उसलाई झनक्क रिस उठ्यो – कसले भन्यो बिहे नगर्ने भनेर । पाए पो गर्नु ।
उसले आफ्नो बाउलाई एकचोटि गाली ग¥यो ।
बाउलाई पनि त्यसरी गाली गर्नहुन्छ ?, नानीथकु तजूले सम्झाउने पाराले भनी ।
हेर तजू, मैले बाउलाई कति भनिसकें तर बाउले मानेकै होइन । गहना धेरै माग्नेसंग तँलाई बिहे गरिदिन सक्दिनँ पो भन्छ । मलाई मनपर्ने केटी भएपछि दुई तोला सुन दिन के गाहारो भयो र होइन तजू ?
तेरो बाउसित पैसा छैन होला नि ।
पैसा नभए अलिकति जग्गा बेचे पनि हुन्छ नि, त्यतिका जग्गा छँदैछ ।, उसले जवाफ दियो ।
बिहे गर्छौ त ?, बिकुमाया तजूले भनी ।
गर्ने ? , छ्याकचा हाँस्यो ।
तँ छ्याकेसित को आउला ? तेरो अनुहार नै त्यस्तो छ । अलि मुखसुख राम्ररी धुने ग¥या छौ कि छैनौ हँ, सुकुचाकी जहानले मर्का पर्नेगरी ठट्टा गरी ।
चोकमा भएका अरु पनि हाँसे । यो हाँसोले छ्याकचाको मनमा चोट प¥यो तर उसले त्यसलाई नराम्रो मानेन । बिहेको कुरा मात्रले पनि उसलाई यतिखेर वातावरण मीठो मीठो अनुभूति भयो ।
त्यसो नभन तजु, कस्ताकस्ताले बिहे गरेका छन् । केटीहरुलाई चाहिने रुप हो र ? यो अनुहार छ्याके भए पनि मन त त्यस्तो छैन नि, छ्याकचाले भन्यो ।
बिहे गर्ने हो त ? म एउटी खोज्दिउँ ?, सुकुचाकी जहानले फेरि अर्को ठट्टा गरी । तर छ्याकचालाई यो ठट्टा जस्तो लागेन । उसले यसलाई साँचो ठान्यो ।
अघिको हाँसो सम्झेर छ्याकचा अलि अप्ठ्यारो र लाज मान्यो ।
मैले ठट्टा ग¥या होइन सत्ते धरोधर्मको कुरो गरेको ।
खोज्दे न त । तिमीले धेरै ठाउँका मान्छे चिनेकी पनि छयौ । यो छ्याकचाको बिहे गरिदियौ भने तँलाई धर्म लाग्छ, नानीथकु तजूले फेलु घुमाउँदै भनी ।
मलाई त धर्मले मात्र पुग्दैन नि , बुझ्यौ ?
छ्याकचाले सुकुचाकी जहानको अनुहारमा बडो आसामुखी भएर हे¥यो । उसको लागि सुकुचाकी जहान देवता हुन हुन खोज्दै थियो ।
ल भन, मैले तँलाई एउटी राम्री केटी खोज्दिएँ भने तँ मलाई के दिन्छस् ?, उसले हाँस्दै भनी ।
ठट्टा हो वा साँचो । छ्याकचाले बुझ्न सकेन । तरुनीको प्रसङ्गले उसको दिमाग आकाशमा उड्न थाल्यो । उसलाई अब भने साँच्चिकै आफ्नो बिहे होला कि भन्ने आसा जाग्यो ।
तजूले जे भन्यो त्यही दिन्छु । , उसले हर्षमिश्रित स्वरमा भन्यो, मेरो गर्दन मागे पनि दिन्छु के ।
मलाई तेरो गर्दन होइन मैले भन्या कुरा दिने भए खोज्दिउँला । मेरो आँखामा एउटी राम्री केटी छ । म आजै कुरा चलाउँला । ल के छ विचार ?
हुन्छ, उसले भन्यो ।
साँच्चि भनेको फेरि पछि यो त म दिन सक्तिनँ भन्लाउ नि , सुकुचाकी जहानले भनी ।
छ्याकचा त्यस्तो होइन, तिम्रो आँखामा कोही छ भने खोज्दे न धर्मकै काम हो , नानीथकु तजुले भनी। त्यही त भनेको नि, धर्म पनि हुने मेरो ईच्छा पनि पुरा हुने ।
चोकमा भएका सबले छ्याकचाको अनुहार हेरे । उसले चाहिँ आफ्नो घरमा हे¥यो । उसलाई बल्ल मनमा शान्ति मिले जस्तो भयो । मनबाट ठूलो बोझ हटे जस्तो भयो । अब उसले आफ्नो बाउलाई भन्न सक्नेभयो । लौ त अब बाउले कसो बिहे नगराइदेओस् त !
छ्याकचा मनमनै मख्द प¥यो र त्यहीं थचक्क बस्यो ।