प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि भेन्टिलेटरबाट हटाईयो, बोलचाल पनि गर्न थाले

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।आज बिहान प्रधानमन्त्री बोल्नथालेपछि भेन्टिलेटर हटाइएको छ । अस्पताल स्रोतका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि हटाइएको हो  ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ र उनी बोल्न थालेका छन्। ‘प्रधानमन्त्री अहिले गफ गर्न थाल्नुभएको छ। मुटुको चाल पनि सामान्य छ,’।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

मंगलबार बिहान पेट दुखेर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस फुटेको देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो।

तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरले बताएका छन् ।