जत्था

’emको एउटा जत्था थियो र अरु फुटकर ।
बाटोमा हिंडिरहेको एकजना मानिसलाई ’emले च्याप्प समाते र समातेर घिसार्न थाले । सम्भवतः कहीं लानलाई ।

त्यो मान्छे चकित भयो । आतङ्कित भयो । र केही पनि नबुझेर अकमकिंदै सोध्यो – किन ?
‘खुरुक्क हिंड हामीले भने झैं ।’

‘कहाँ ? तिमीहरुले भनेको ठाउँमा म किन जाउँ ? , उसले प्रतिवाद ग¥यो ।
‘यहाँ हामी जे भन्छौं , त्यही हुन्छ ।’
‘तिमीहरु को हौ यहाँका ?’

’em बोलेनन् । तर आफ्ना हातहरुमा रहेका चेन , सिक्री र डण्डा भने नचाउन थाले ।
यो देखेर ऊ डरायो । झस्क्यो । ऊ आफूलाई ’emको पञ्जाबाट मुक्त गर्न छट्पटायो । चलमलायो । ’emले अझ कस्सिने गरी उसलाई समाते । त्यसपछि आफूले भन्या ठाउँमा लान बल गर्दै घिसार्न थाले । ’emको सामु उसको केही जोड चलेन ।
‘यहाँ मेरा दाजुभाइहरु छन् , आफन्तहरु छन् । , ऊ निरीह भयो ।

‘हामीलाई मतलब छैन ।’
‘यहाँ मेरो घरबार छ ।’
‘हामीलाई के वास्ता !’

’emले उसको खुट्टा पनि कस्सिने गरी समाते । शायद उसका खुट्टाहरु अर्कोतिर मोडिएलान् भनेर होला ।

उसले आफ्ना छोराछोरीलाई बाटोमा खेलिरहेको देख्यो । खेल्दाखेल्दै ’em आपसमा बाझ्न लागेका जस्ता देखिए ।

‘हेर , त्यहाँ मेरा छोराछोरीहरु छन् , शायद ’em आपसमा बाझ्न लागे । , ’emलाई सम्झाइबुझाई गरेर छुट्याउन उसका हातहरु अघि सरे

तर ’emले उसका हातहरु पनि च्याप्प समाते ।
‘बाझे–बाझून् ।’
ऊ आहत भयो । विवश भयो ।
साँच्चिनै केटाकेटीहरु खेल्दाखेल्दै बाझ्न थालिहाले । त्यहाँ झगडा नगर भन्नेहरु कोही थिएनन् ।

झगडा गर्दागर्दै केटाकेटीहरु रुन पनि थाले । त्यहाँ नरोऊ भनेर सम्झाउनेहरु पनि कोही थिएनन् ।
उसले आफ्नी स्वास्नीलाई संघारमा उभिएर पर्खिरहेकी देख्यो ।
‘ओह ! मेरी पत्नी ! ‘ , उसको हृदयबाट वेदना फुट्यो ।
’emले उसको छातीमा ग¥हुँगो ढुङ्गा हालिदिए । संवेदित नहोस् भनेर ।

ढुङ्गाले थिचिएर उसलाई आफ्नो अस्तित्व नै किच्चिए झैं लाग्यो ।
‘किन तिमीहरु मेरो इच्छा विपरीत गर्दैछौ ? , उसले सकी–नसकी भन्यो ।
‘तिमीलाई इच्छा लागेजस्तो गर्न नदिन । तिमीले हामीले भने झैं नगरेकोले ।’
‘आखिर तिमीहरु को हौ ?, उसले पुनः प्रश्न ग¥यो ।

’emले प्रत्युत्तर दिएनन् । आँखा ठूल्ठूलो पारेर मुठ्ठी कस्दै उसलाई अझ कसेर समाते र घिसार्दै लगे ।

‘म तिमीहरुसित आउँदिनँ ।, उसले स्वर निकाल्यो ।
‘आउनैपर्छ ।’
‘मलाई तिमीहरुको कुरा कहिल्यै स्वीकार्य छैन ।, उसले सकी–नसकी भन्यो र भएभरको बलले प्रतिरोध गर्न खोज्यो ।

’emले उसलाई बलजफ्ती तान्दै लगे । उसको आफ्नो शरीरमाथि आफ्नै नियन्त्रण क्रमशः हराउँदै गयो ।

त्यसपछि उसले आफूलाई मरेको देख्यो ।