दाबी

मालिकलाई सर्वगुणसम्पन्न पशु चाहिएको थियो । लाएअ¥हाएको जे पनि गर्न सक्ने । जसरी मन लाग्यो उसरी खेलाउन सक्ने । त्यसै अनुसारको एउटा विज्ञापन पनि निकालियो ।

विज्ञापन निक्लेपछि मालिककहाँ उमेदवारी दर्ता गर्न आउनेको ओइरो लाग्यो ।

शुरुमा आउने घोडाले आफ्नो विशेषता बतायो – म तपाईलाई बोकेर हावासरी कुद्न सक्छु ।
अरु के गर्न सक्छौ ?, मालिकले सोध्यो ।
घोडाले अरु विशेषता बताउन सकेन ।

त्यसपछि गधा आयो उसले भन्यो – म तपाइँको भनेजति भारी बोक्न सक्छु ।
भारी बाहेक अरु के गर्नसक्छौ ?
मेरो काम त भारी बोक्ने मात्र हो, त्यति मात्र गर्न आउँछ , गधाले भन्यो ।

त्यसपछि गोरु आयो । उसले भन्यो – म तपाईको खेत जोत्न सक्छु र कहिलेकाहीँ प्रतिद्धन्द्धिसित जुधेर तपाईलाई मनोरञ्जन दिन सक्छु ।

कुकुरको पालो आयो उसले भन्यो– म तपाईको रक्षा गर्न सक्छु । तपाईलाई खुशी पार्न तपाईँको तलुवा जतिखेर पनि चाट्न सक्छु र नथाकिकन पुच्छर हल्लाउन सक्छु ।

यसैगरी बाघ, हात्ती, भालु, स्याल आदि पशुहरु आए । मालिकले ती सबै पशुमा एउटा एउटा वा एकदुईटा भन्दा बढी गुण देख्न सकेन । उसलाई यी सबै गुण एउटै पशुमा चाहिएको थियो ।

त्यसपछि विचित्र प्रकारको पशु आयो । त्यसले गर्वका साथ सबै पशुको काम आफू एक्लैले गर्न सक्छु भनेर दाबी ग¥यो ।

मर्न, मार्न लड्न, लडाउन, उड्न, गुड्न, चाट्न, हाँस्न, हँसाउन, रुन, रुवाउन, नाच्न, भुक्न, खेल्न सबै गर्न सक्छौ ?, मालिकले आश्चर्यमिश्रित स्वरमा भन्यो ।

तपाइँ प्रयोग गरेर त हेर्नुस्, म के गर्न सक्छु ।, त्यो विचित्र पशुले यति भनेपछि मालिक बडो खुशी भयो र आफ्नो सेवकमा नियुक्त ग¥यो ।

त्यो पशु होइन, वास्तवमा मान्छे थियो ।