नौलो दृश्य

एउटाले अर्कोलाई बहुला भन्यो ।

जवाफमा उसले पनि भन्यो, तँ लठुवा, तेरो के औकात !

तँ सिल्ली, बोली फेरिरहनेसित के कुरा गरुँ ।

छिः, तँ दलाली गर्नेको के मुख हेरिरहनु !

ती चारपाँच जना थिए । यसरी एकले अर्कोसित मुखातिव हुँदै शब्दप्रहार गरिरहे । एवम् प्रकारले ’emबीच धारेहात लाउँदै निम्न स्तरको गालीगलौज पनि चल्नथाल्यो । भँडुवा, चोर, डाँका, सन्की, पाजी, विदेशी दलाल, गधा, मूर्ख, पटमूर्ख, बलात्कारी आदि । शब्दकोषमा भएको भन्दा बढी शब्द ’em एकले अर्कोलाई ताकेर क्षेप्यास्त्र सरह प्रयोग गरिरहे ।

’emको वाक्युद्ध कुनै महाभारत भन्दा कम थिएन । बाटोमा हिंडिरहेका कतिपय व्यक्ति तिनका अश्लील र असभ्यता देखेर लज्जित हुँदै छेउ लाग्दै थिए । बीच सडकमा जारी वाक्युद्धलाई मान्छेहरु कुनै निःशुल्क मनोरञ्जन सरह तमासा हेर्दै थिए । म पनि तमासेमै थिएँ । तर मलाई अन्त जानु थियो । त्यसैले धेरै वेर बसिनँ ।


म हिंडे ।


साँझ म समाचार संकलनको क्रममा एउटा पाँचतारे होटलमा पुगें ।


दिउँसो सबैका सामु तमासा गर्दै धारेहात लगाउँदै गालीगलौज गरिरहेका बहुला, लठुवा, सिल्ली, दलाल र बलात्कारी जस्ता गालीबाट विभूषित तिनै झगडियाहरुलाई होटलको विशेष हलमा पंक्तिबद्ध देखें । त्यहाँ उनीहरु एक शब्द पनि नबोली अनुशासित भएर कुनै अपरिचित व्यक्तिको कुरा बडो मनोयोगले सुन्दै भतेर पो गरिरहेका थिए ।


मलाई त्यो नौलो दृश्य समाचार बनाउँ या नबनाउँ दोमन भयो ।