नेकपामा मार्क्सवादको हरिबिजोग !

महाकाली नदिले दिएको खरब खरबको सपना पूरा गर्ने पालो अमेरिकी सहयोग एम सिसी नामबाट प्राप्त हुनेछ । नेपाली जनतालाई बोकाइएको सपनाको भारी पुन बोकाइने छ । सपना देख्ने, सपनाको भारीले किचिने र थिचिने अन्त्यमा त्यसैले मृत्यु वरण गर्नुपर्ने नियति नेपालीको हुनेछ ।

मार्क्सवादीहरु स्वयं आफैलाई प्रश्न गर्दैछन । हामी के भयौं के गर्दैछौ, हाम्रो गन्तव्य कता ? पूंजीवादी संसदीय प्रजातन्त्र नै अभ्यन्तरको यात्रा थियो, हो भने कम्युनिस्ट नाम रुचिकर नहुनुपर्ने हो । कम्युनिस्ट हौं भने हाम्रा व्यबहार, आचरण र पद्धति कम्युनिस्टहरुको जस्तो छैन ।

नेकपा केन्द्रीय समिति बैठक पार्टी एकताको २१ महिना पछि दुई पटक बस्यो यो वर्ष दिन पछिको बैठक हो । बैठक केबल औपचारिकता हो । बार्ह वर्षको मेला झै प्रतीत हुन्छ । बैठक हो या आमसभा त्यो छुट्टाउन मुश्किल पर्ने पार्टी संगठन छ । ४४५ जनाको केन्द्रिय समिति जम्बो टोलि एकैपटक भेला हुन समेत हल भाडा लिएर बैठक गर्नुपर्ने बाध्यता छ । कार्यकर्ता, सबै नेता । केन्द्रिय समितिका सदस्यले नै एकार्कामा परिचय गर्नुपर्ने स्थिति छ । यस्तो बेला समूह बनाएर छोटाे समयमा घनिभुत छलफल भएर निचोड निस्क्यो भनेर बुझ्न सजिलो छैन ।

यद्यपि नेकपाका केन्द्रिय समितिका सदस्यहरुले पार्टी मिटिङ भएको र नेताहरूलाई एकैपटक देख्न पाएकोमा सन्तोष मानेर घर फर्कन र एकदुई दिन गफ चुट्न, गसिप सुनाउन अवसर प्राप्त भयो । प्रधानमन्त्रीको भोज खाने र भाषण सुन्ने मौका मिल्यो । रोमाञ्चित भासण गर्ने र किस्सा सुनाएर आफ्नो धारणा प्रखर राख्ने प्रधानमन्त्रीको भाषण अब आफ्नै केन्द्रिय नेताको लागि अरुचिको विषय बनेको कुरा नेताहरू मस्त निदाउदै र झकाउदै गरेको दृष्यले पुस्टि गरे झै लाग्थ्यो । त्यति सपाट बक्ता ओली जसको भाषा र भासण ऊनीसँग असहमत हुनेले पनि सुन्न उत्सुकता र चासो देखाउछन तर नेकपाका केन्द्रिय नेताहरुमा त्यो उत्सकुता सकिनु भनेको नेताहरूको वितृष्णाको संकेत र मौन विद्रोहको नमुना हो । आफ्नै पार्टी भित्र ओली बोली अलोकप्रिय बन्दै गरेका ओली लोकको प्रिय अब नभएको देखिन्छ । बुझ्दा यिनका भाषण सुनी राख्नुको जरुरत छैन के बोल्छ्न थाह नै छ । यिनका खुट्टी देखिसकियो भन्ने मनोभाव हो ।

पार्टी भित्रका आन्तरिक प्रतिपक्ष र समर्थक दुवैले ध्यान दृष्टिले उनको सन्देश सुन्नु पर्थ्यो जसले गर्दा दुवै पक्षलाई आ आफ्नो रणनीति बनाउन बल पुग्थ्यो दुर्भाग्य लिनुपर्ने जति चासो दुवैले लिएनन् । मार्क्सवाद, लेनिनवाद, माओवाद त्यतिबेला हरिबिजोगी देखियो जतिबेला राम कार्की उर्फ पार्थ क्षेत्रीले आफ्नो कहानी सुनाए, दुख बिसाए । खर्चिलो चुनावी प्रणालीको कारण आफ्नो संसद पद लिलामीमा रहेको कारुणिक तर्क गरे । चुनावमा टिकट पाउँद देखि चुनाव जित्दा सम्मको खर्च दिने मान्छे भए संसद दिन्थे भनेर राम कार्की जस्तो मान्छेले पीडा पोख्दा मार्क्सवादी कम्युनिस्टहरु कसरी पूंजीवादी संसदीय भासमा फसेका छ्न बुझ्न कठिन छैन ।

चोटिलाे प्रश्न यही हो पैसा खर्च गरेर चुनाव लडन राम कार्कीहरु किन तयार भए ? चुनाबमा टिकट पाउँदा देखि चुनाव प्रचारप्रसार र विजय भोज गर्दा सम्म पैसा नै पैसाको खोलो बगाउने हो भने किन चाहियो पार्टी किन चाहियो संगठन र कार्यकर्ता ? कम्युनिस्ट पार्टीका नेता राम कार्कीहरु पैसाको बलमा चुनाब लडछन भने अरुको हविगत के होला पैसा बिना ? राम कार्कीलाई यक्ष प्रश्न अब कम्युनिस्ट नाम धारण गर्नुको औचित्य सकिए न र ? कम्युनिस्ट पार्टीको सार्थकता उदेश्य र अबधारणा नभए पनि कम्युनिस्ट भइरहन पाइन्छ कमरेद ? भित्र कम्युनिस्ट शब्दमा छ आडम्बरमा छ तर आचरणमा मृत प्रायः छ ।

कम्युनिस्ट भित्र मार्क्सवाद छैन, लेनिनवादी संगठानत्मक पद्धति छैन जुन कुरा हालै नेकपा केन्द्रिय समितिको बैठकमा अभिव्यक्त विचारबाट प्रष्ट हुन्छ । नेकपा सरकार र पार्टी गतिविधिमा नेकपा नै चरम र विद्रोहात्मक असन्तुष्ट छ भने अरुले उचित अनुचितको मुल्यांकन गर्न आवश्यक छैन । यति सब हुँदा पनि नेतागणमा गम्भीरता नदेखिनु अरु बढी खतराको संकेत हो । पार्टी बैठक गरेर त्यो खतरा अनिस्ट पार्न निर्मम समीक्षा जरुरी थियो । आत्मसुद्दीको अभियान आवश्यक थियो तर यो देखिएन । फगत औपचारिकता पुरागर्न नेपालको नक्सामा लिम्पियाधुरा राख्न सरकारलाई निर्देशन र झलनाथ खनालको नेतृत्वमा भीम रावल सम्मीलित एमसिसी ’bout अध्ययन गर्न आयोग बन्ने भन्दा अरु उपलब्धि के रहयो र ?

नेपालको हितानुकुल एमसिसी पास गर्न निम्न बुँदा थप्ने र निम्न बुँदा झिक्ने समझदारी सहित अमेरिकी सहयोग रकम पचास अरब बढी स्वीकार गर्ने निर्णय गरियो भनेर प्रतिवेदन आउँछ या भीम रावल लगायत नेताको असहमतिमा यो पास हुन्छ । हुने यति नै हो । एमसिसीको बिरोध गर्ने हो भने रावल लगायत ले नैतिकताको आधारमा पार्टी छोडनु पर्ने हुन्छ त्यो अप्रिय स्थित भन्दा अघिल्लो विकल्प नेकपा र रावलको अनुकुल हुने देखिन्छ । नेपालको हितमा निम्न लिखित बुँदा राख्ने गरि अमेरिकी सहयोग रकम स्वीकार गरेको एउटा कलाविहिन नाटक नेपाली राजनीतिमा भद्दा प्रस्तुति गरिन्छ ।नेपाली जनता नेताहरूले प्रदर्शन गरेको नाटक मन लागि नलागी हेर्न बाध्य हुनेछन ।

महाकाली नदिले दिएको खरब खरबको सपना पूरा गर्ने पालो अमेरिकी सहयोग एम सिसी नामबाट प्राप्त हुनेछ । नेपाली जनतालाई बोकाइएको सपनाको भारी पुन बोकाइने छ । सपना देख्ने, सपनाको भारीले किचिने र थिचिने अन्त्यमा त्यसैले मृत्यु वरण गर्नुपर्ने नियति नेपालीको हुनेछ । ओली अलोकतान्त्रिक र अप्रिय बन्दैछन भन्ने उदाहरण बैठक समापन पछिको रात्री भोजमा पनि व्हिप जारी गर्नुपर्ने स्थिति हो । भोज बहिष्कार देखि, आफ्नै घरको भुटेको मकै र कालो चिया मिठो लगायत व्यङ्ग्यले भरिएका स्टाटसहरु अभिव्यक्ति स्वतन्त्रता र वयैक्तिक स्वतन्त्रतामा सिमित गरेर मात्रै बुझियो भने त्यो बुझाइमा कमि छ ।

व्यंग, बहिस्कार आलोचना भित्र अविश्वासको गहिरो खाडल, बेमेलको भीमकाय पहाड र विद्रोहको झरिलो फिलिङो पनि देख्न सकिन्छ । पार्टी व्हिप आफैमा निरंकुशता हो । झन भोजको निमन्त्रणामा समेत व्हिपको फर्मान जारी हुनु सुनको दाम्लोमा बाध्नु र कस्नु हो । तीन नम्बर प्रदेशको प्रदेश राजधानी तोक्दा पनि जनभावना र आफ्नो प्रतिनिधित्व बेगर निर्णय गर्न सुनको जन्जिरमा बाँधिएर निर्वीविकी भएका संसदहरु अहिले भोज खान पनि व्हिप आवश्यक देखियो ।

नेकपा भित्र कुन हदको अराजकता, विद्रोह र दासता छ यो सहजै सबैले अनुमान गर्ने विषय हो । राजेन्द्र राइको भनाइ उदृत गरौं । उनी भन्दै थिए हामी दलाल भयौं । ठाकुर गैरे बोल्दै थिए । पार्टीभित्र परिवारवाद, नातावाद, अर्थवाद झाँगियो । साँस्कृतिक विचलन पैदा भयो । लेखनाथ भन्छन् नेताको सम्पत्ति छानबिन गरौ अकुत र अबैध देखियो । नेकपा सरकारको प्रतिरक्षा सरकारका मन्त्री बाहेक अरुले गर्ने स्थिती छैन अब सरकार सफल भनेर अरुले भनिदिनु पर्ने ?

नेकपा बैठकमा जल्दोबल्दो गरि उठेका सबालहरु निम्न छ्न । गुटबन्दी, एमसिसी, शिक्षा स्वास्थ्यमा ब्यापार, महिला सहभागीता, नेताकार्यकर्ता दुरी, नेताको सम्पत्तिको श्रोत, निर्वाचन प्रणाली, सरकार कस्को ? सरकारको रिमोट कसको हातमा छ ?, नेपालको आधिकारिक नक्शा खै ?, यति बालुवाटार, वाइडबडि । छोटाे अबधीमा जे जस्ता विषय उठे, प्रसङ्ग निस्के यी सबले नेकपालाई पुनर्निर्माण र पुनर्गठन गर्नुपर्ने देखाउछ तर नेकपा सामान्य टालटुल, छोपछापबाट नै काम चलाउने अवस्थामा रहेर औपचारिकता पूरा गर्न अर्थात कर्म काण्ड पूरा गर्न भेला भए झै देखियो । सरकार र पार्टी दुवैतिर बाट यसको सही सामधान खोजिएन बहस गरियो तर निचोडमा पुग्न कसैलाई जाँगर चलेन ।

दलीय कमिटीले बनाउने भ्रष्टाचार अनुसन्धान/छानबिन समिति चाेरका साक्षी बिराला जस्ता मात्रै हुन् । कांग्रेस न कम्युनिस्ट ? माओवादीले त्यो बेला अमिक शेरचनकाे कमिटीलाई अहिलेकाे नेकपाले बनाएकाे अमृत बाेहाेरा कमिटीलाईझै कार्यादेश दिएकाे थियाे । उनकाे प्रतिवेदन न कार्यान्वयन भयाे न सार्वजनिक । यी सबै जनताकाे अाँखामा छाराे हाल्ने कुरा हुन् । टुँडिखेलबाट एमालेले एक नम्बरको भ्रष्ट घाेषणा गरेकाे वामदेव गाैतमलाई नेकपाले उपाध्यक्ष बनाएकाे छ । नेकपा केन्द्रिय समितिको उपलब्धि भनेकै बामदेवको पदोन्नति रह्यो ।अमिक सेर्चन र अमृत बोहराको तत्कालीन प्रतिवेदन सार्वजनिक गर्ने हिम्मत मात्रै देखाउदा पनि केही सुधारको संकेत प्राप्त हुन्थ्यो । नेकपाले अख्तियारलाई आफ्ना पार्टी र नेताको सम्पत्तिको शुद्धता जाच्न लागायो भने देशका तमाम पार्टी सुधारमा पुग्ने, अख्तियार जाने र पद्धतिको बिकासमा टेवा पुग्थ्यो ।

दलाल पूंजीवादी, नोकरशाहीको फन्दामा जाकिएको नेकपा भित्र मार्क्सवादी र मार्क्सवादको हरि बिजोग र कन्त विजोग दुवै छ । नेकपा मार्क्सवादी, लेनिनवादी, माओवादी भित्र यतीवाद हावी र प्रभावी बनेपछि मार्क्सवादको इतिश्री हुने नै भयो नि ? नेकपा भित्रको बहस, छलफल, बिद्रोह भोज र एकतालाई बैठक समापन पछि नेकपा नेता वौद्दिक म्यान चीनका लागि पूर्वराजदूत टंक कार्कीको फेस बूक स्टाटस पस्कँदै बिट मारे । कार्की लेख्छन् ।

” टायम टायम की बात “

मार्क्सले एक ठाउँ नेपोलियनको विषयमा टिप्पणी गरेका छन् : ‘अपदस्थ हुनु अघि सम्म नेपोलियनलाई महान प्रतिभाशाली भनिन्थ्यो, त्यसपछि भने पटमुर्ख भन्न थालियो |’ हामीकहाँ पनि के भनिन्छ भने भोलिपल्ट जगत जंगको  राज्यरोहण हुने भनेर थापाथली दरवारमा हर्ष बढाईका साथ बसेका आसेपासेहरु रणोद्वीप गद्दीमा आसिन भएको थाहा पाउन साथै लुसुलुसु निस्केर रणोद्वीपको जयजयकार गर्दै हनुमान ढोका तिर लागेका थिए | दरवारिया भाषा र रिति रिवाज बुझी नसक्नु !