लक्ष्य

ऊ छिटोछिटो हिंडिरह्यो ।

सलाई कहीँ पुग्नु छ । त्यसैले ऊ हिंडेको हिंड्यै छ ।

उसले बाटोमा के देख्यो, के देखेन, कोसंग भेट भयो कोसंग भएन, केही पनि सम्झन सकेन । ऊ त हतारिंदै हिंडिरहेको थियो । मानौं उसलाई छिटै कहीं पुग्नु परेको छ ।

त्यसैले आफ्नो सम्पूर्ण ध्यान उसले छिटो हिंड्नमा दिइरह्यो ।

छिटोछिटो हिंड्दा उसलाई अलि स्वाँ स्वाँ पनि आयो । अलि थाके झैं पनि भयो । तैपनि ऊ छिटोछिटो हिंडि नै रह्यो ।

ऊ यसरी दौडिन थालेको धेरै वर्ष भयो ।

ऊ छिटोछिटो हिंडिरह्यो । आफू कहाँ पुगियो भन्ने ’bout पनि उसलाई केही थाहा भएन ।

एक ठाउँमा पुगेपछि ऊ टक्क अड्यो । उसले त्यहाँ कुहिरो लागिरहेको देख्यो ।

यसैबेला कसैले उसित प्रश्न ग¥यो – कहाँ जान लागेको तिमी ?

हँ ?, ऊ झसंग भयो ।

अहिले तिमी कहाँ पुग्यौ ?

उसले आफूलाई चौबाटोमा ठीङ्ग उभिरहेको देख्यो । उसले यसो त्यसो केही भेउ पाउन सकेन । ऊ झन अकमकियो । एकैछिन घोरिएर उसले सोच्यो । कतै पुग्नका लागि ऊ हिंडेको धेरै वर्ष भइसकेछ । उसले हिसाब ग¥यो । ऊ त तीस वर्ष लामो बाटो हिंडी आइरहेको रहेछ । तैपनि ऊ कहीं पुग्न सकेको रहेनछ । शायद उसले त्यसलाई कहीँ.भुलेछ ।

अनि ऊ त्यहीं थचक्क बस्यो ।

महाशय, तपाईँले त्यसलाई आज पनि त्यही चौबाटोमा अलिमलिरहेको देख्नुहुनेछ ।