सुनको फुल

एकजना कार्यकर्ता नेता भयो ।
नेता के भयो, उसको भाग्यको ढोका मानौं एकाएक खुल्यो ।
००
नेता भएपछि उसलाई सुनको फुल पार्ने एउटा कुखुरा जिम्मा दिइयो । कुखुराले दिनको एउटा फुल पाथ्र्यो ।
दिनको एउटा सुनको फुल पार्ने कुखुरा पाएपछि नेताको आर्थिक स्थिति मजबुत हुँदै गयो । कार्यकर्ता हुँदा न बस्ने ठेगान , न सुत्ने–खानपिनको ठेगान थियो । तर अब एक एक गरी सबैखाले सुविधा जुट्न जुटाइन थाल्यो, सम्मान आदर पाउन थाल्यो र स्वयम्लाई अभिजात्य ठान्न थाल्यो ।
००
शुरु शुरुमा त नेता दिनको एउटा फुल पाएर सा¥है रमायो र यसभन्दा धेरै खोज्नहुन्न भनेर सन्तुष्ट पनि भयो । तर विस्तारै ऊ असन्तुष्ट र उदास हुनथाल्यो । देशको यत्रो ठूलो नेतालाई एउटा सुनको फुलले कहीँ पुग्छ ! उसलाई त एउटा कुखुरा र एउटा सुनको डल्लोले नपुग्ने भयो ।
००
ऊ सोच्न थाल्यो , कसरी एकैचोटि भएभरको सुनको भण्डार हात पार्ने । उसको ध्यान अब आफूले जिम्मा लिएको कुखुरामा भन्दा त्यसबाट एकैचोटि सुनको ढिक्का कसरी प्राप्त गर्ने भन्नेतर्फ केन्द्रित भयो ।
यसैबीच उसलाई कसैले सल्लाह दियो – कुखुराको पेट चि¥यौ भने त पक्कै पनि एकैचोटि सुनको ढिक्का प्राप्त भइहाल्छ ।
उसलाई कुरो सही लाग्यो । नेता बुद्धिमान त छँदै थियो , एक नम्बरको चलाख पनि थियो ।
००
र एकदिन साँच्चिकै नेताले सुनको ढिक्का पाउने लोभमा त्यो कुखुराको पेट चिरिहाल्यो ।
त्यसपछि नेताले एक ढिक्का सुन पायो तर मुलुकले भने सुनको फुल पार्ने एउटा कुखुरा गुमायो ।
००