राष्ट्रियसभा गृहमा प्रचण्ड माथि जुत्ता प्रहार

काठमाडौँ, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ।
आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो तर उनलाई लागेको थिएन।
प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो।
