ढुङ्गा


कुनै बेला त्यहाँ ढुङ्गाको मूर्ति थियो ।

बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरु वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकर्षित भएर त्यसलाई थपक्क स्थापना गरेर पूजा गरिदिएको हुनुपर्छ । निरन्तरको पूजा, फूल, अक्षता र अवीरले गर्दा ढुङ्गा दर्शनीय देखिन्थ्यो । त्यसैले बाटोमा हिंड्नेहरु त्यसलाई यसो ढोगेर , घुमेर र पूजा गरेर जान्थे ।

त्यो बाटो भएर हिंड्नेहरु विस्तारै बढ्न थाले । समयक्रममा भीडभाड र हतारोले गर्दा त्यहाँ भएको मूर्तिलाई कतिपयले क्रमशः यादै गर्न छाडे । ती मूर्तिलाई भन्दा आफ्नो कामलाई बढी ध्यान दिन थाले । कामको हतारोले गर्दा ती मूर्तिलाई यसो हेर्न र हातले यसो ढोगे जस्तो गर्न पनि नभ्याउने भइसके । तैपनि केही त्यस्ता व्यक्तिहरु अझै छन् , जो ढुङ्गा नजिक पुग्दा स्वभावतः यसो घुमेर वा ढोगेर जाने गर्छन् ।

एकदिन त्यहाँ बाटो फराकिलो पार्ने ’bout छलफल शुरु भयो । हिंड्नेहरुको हुल बढ्नाले बाटो फराकिलो पार्न ढुङ्गाको मूर्तिलाई पर सार्नु पर्ने भयो । तर मूर्ति सार्ने मात्र कुरा उठ्नासाथ एकथरिले बाटो बढाउने कुराको नै विरोध गर्न थालिहाले । ’em बाटो बरु यतिकै होस् तर मूर्ति सार्न दिन्नौं भन्नथाले । अर्काथरिले मूर्तिलाई हटाउने होइन अझ राम्रो र व्यवस्थित पार्नलाई अलिक पछाडि मात्र सार्ने हो भन्ने तर्क राखे ।

यसैमा दुई थरिको विवाद परिरह्यो । हुँदाहुँदा आक्रोशित एउटा समूहले यो ढुङ्गा त हो नि , पूजा गरेकाले पो मूर्ति भयो , यसलाई हटाएर के हुन्छ भन्ने तर्क गर्न थाले । अर्काथरि पनि कम कट्टरबादी थिएनन् । ’em मूर्तिलाई नछोइकन बाटो चौडा पार्न सकिने, मूर्तिलाई हटाउनु परे बाटै मोड्ने कुरा गर्न थाले ।

भोलिपल्ट बाटो छेउमा ढुङ्गा थिएन । कसैले उखेलेर बाटोमा फ्याकिदिएको थियो र बाटोमा हिंड्नेहरुले त्यसलाइृ कुल्चंदै ठोक्काउँदै हिंडिरहेका थिए । अब त्यो ढुङ्गा टुक्राटुक्रा हुँदै माटोमा मिसिंदै गइरहेको थियो ।

बाटो फराकिलो भइरहेको थियो । अब त्यो ढुङ्गाको चिन्ता गर्नेहरु कोही भएनन् ।