समीक्षाको सपना ओली र भोलि दुवैको लागि हो

नेपाली  जन जनको सपनालाई ब्युताएकी हौ, अजम्बर र अविनाशी मानवत्वको परिचय दिलाएकी हौ । प्रधानमन्त्री मार्फत सम्पुर्ण मृगौला पीडितलाई अप्रत्यक्ष मृगौला दान दिएकि हौ। एक व्यक्ति बचाउदा त्यसबाट लाभान्वित हुने लाखौं छन। आफ्नो जीवनको जोखिम मोलेर समीक्षा तिमीले ओलीको मात्रै उद्दार गरेकी छैनौ सम्पुर्ण नेपालीको भोलिको पनि उद्दार गरेकी छौ भन्ने हाम्रो विश्वास छ। जनताको स्वास्थ रहने चाहनाको आशामा जीवनको नयाँ रङ्ग भरिदिएकी छौ भन्ने मलाई लागेको छ।

प्रिय बैनी समीक्षा ,अनगिन्ति सम्मान !तिमी यस कारण बन्दनीय छौ , पुज्य छौ , स्तुत्य छौ । मानौ भगवान कै अवतार र गुणमा अवतरित मान्छे हौ । मान्छेहरु भगवान भेट्न् मन्दिर जान्छ्न तर देशले साक्षत भगवानको रूपमा तिमीलाई पनि पाएको छ । यसर्थ तिमी जिउदो भगवान हौ । भगवानको साक्षत बिम्ब र रुप हौ । तिर्खाएको बेला जल स्पर्श पाउनुको आनन्द आज हाम्रा प्रधानमन्त्रीले अनुभुति गर्दै हुनुहुन्छ , दोश्रो पटक मृगौला पाएर । आज तिमीले स्वर्गीय आनन्द पाएकि छौ । आफू शेरिएर अरुलाई बचाउनु जस्तो ठूलो धर्म , महान कर्म ,पवित्र उदेश्य, गर्व लायक दान अरु के हुन सक्छ र ? सद्दे मान्छे बिरामी बनेर जवान मृगौला काटेर एक वृद्धको शरीरलाई दिनु देव कर्म हो समीक्षा । तिमीले पुण्य कर्म गर्यौ । सम्भवतः त्यसको फल चाख्न कल्पित स्वर्ग र सम्भावित मोक्षको प्रतीक्षा गर्नु पर्दैन । तिमी कल्याण गर्ने शिवको अंश हौ । श्रस्टा नारी ,द्रस्टा नारी , दाता नारी ज्ञाता नारी , सम्पुर्णमा पुर्ण नारीको रुपमा मैले लिएको छु । नेपाल र नेपालीको तर्फबाट अनन्त आशिर्वाद । अनमोल शुभेच्छा ! अविरल स्मृति ! “आनन्द कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ।”  महाकवि देवकोटाको यो महान उक्ति समीक्षाको जीवनीले हुबहु लागू गरेको छ । इतिहासले सदैव स्मरण गर्नेछ । वर्तमानले मुल्यांकन दिनेछ । 
 

प्रिय समीक्षा , म कुन शव्दले तिम्रो निस्वार्थ भावको वर्नन गरौं । लाग्छ यतिबेला तिमीलाई प्रशंसा गर्ने शव्दको आविस्कार आवश्यक छ । नयाँ बिम्ब र प्रतीकको अन्वेषण जरुरी छ ताकि यस्ता अद्भुत दाता र प्रतिभाको उचित सम्मान र प्रशंसा गर्न सकियोस् । समीक्षाको प्रसंसा गर्नु भनेको भावी दिन र समयको लागि नयाँ पुस्तालाई यो त्यागको नमुना देखाउनु र नयाँ पुस्ता र दस्ता दाता बन्ने मनोवैज्ञानिक आधार खडा गर्नु हो ।  समर्पण र त्यागको मर्म बुझाउनु हो ।

दान गर्नु चानचुने धर्म र संकल्प होइन दान गर्न दृढ अठोट चाहिन्छ । कृत संकल्प हुनुपर्छ । त्यस माथि आफ्नो शरीर नै काटेर दिइने दान , शरीरको भित्री अङ्ग , संवेदनशील अङ्ग मृगौला दान जोखिम हो तर मानवीय मुल्यले त्यो जोखिमलाई सामान्य ठान्यो । त्यो महानता खडग प्रसाद ओलीको माध्यम भएर सम्पुर्ण नेपालीसम्म आइ पुगोस । वस मेरो प्रार्थना यही छ । अरुलाई बचाउने त्यागको भाव चाहिन्छ,  दिएर रित्तिने अठोट चाहिन्छ ।  दिनुमा जीवनको सार्थकता  र प्राप्ति स्वीकारिन्छ  त्यसैले दातालाई महान मानिन्छ / सम्झिइन्छ  प्रसंशा दानवीरको गरिन्छ। 

तिर्खाएकोलाई जल, भोकाएकोलाई अन्न, निर्बस्त्रलाई कपडा, आश्रयहीनलाई संरक्षण, बासस्थान नभएकोलाई वासस्थानआदि दिने दाता महान हुन्छन । अरुलाई बचाउन आफ्नो शरीरको अंगनै दान गर्ने मानिस झन् पुजनीय हुन्छन । सनातन सँस्कृतिमा सूर्य पुत्र कर्ण पुजनीय छन , स्तुति गर्न लायक छन्  महाभारतकालीन कर्ण जस्तो दानवीर हुनु भनेर आशीर्बाद दिइने परम्परा त्यसै बसेको होइन । त्यसको गरिमा महत्ता र ओज आधुनिक समाजमा समीक्षा जस्ता पात्रले , जीउँदा भगवानहरुले धानेका हुन्छन् त्यो भुमिका निभाएका हुन्छन् र उच्च स्तरको महानता र मानवता जिवित रहन्छ । निरन्तर रहन्छ । समीक्षाको त्याग ,संकल्प, अठोट र दान सर्बाधिक महत्व र अनुपम छ ।

ईश्वरले / प्रकृतिले मानिसलाई दुईवटा मृगौला उपहार दिएको छ ।  मानिस पुर्ण रूपमा स्वस्थ रहन  दुईवटा किड्नीको जरुरत पर्दछ ।  जसरी दृष्टिकोलागि दुई नयनको खाँचो छ । हिँड्नको लागि दुईवटा पयरको भर पर्नुपर्ने हुन्छ । काम गर्नको लागि दुई हातको आवश्यकता  पर्दछ । तर कसैसँग एउटा आँखा, एउटा खुट्टा, एउटा हात छ भनेपनि उसको जीवन चलिरहेको हुन्छ  मानौ उसको काम चलिरहेको हुन्छ । काम चल्नु र चाहिनु वा हुनुपर्ने कुरा नहुनु फरक छ, नितान्त पृथक छ  कसैले एउटा किड्नीले आफ्नो काम चलाएर अर्को किड्नी बिरामीलाई बचाउन दान गर्दछ भने त्यो उसको महानता हो । देवत्व गुणको प्रदर्शन हो । यहाँ हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई किड्नी दान गर्ने समीक्षा संग्रौला संयोगले प्रधानमन्त्री कि भान्जी हौ तर दानवीर महामानव हौ । मानवीयता कि सिङ्गो र सहज सरल पाठशाला हौ ।

आज प्रधानमन्त्रीको स्वास्थ लाभको कामना जुन तबर र ध्येयले गरिएको छ त्यो तवरले समीक्षाको ’boutमा कसैले गरेको छैन । तर बन्दना गर्नुपर्ने र प्रार्थना गर्नुपर्ने समीक्षाको लागि पनि हो । सद्दे मान्छे आफू बिरामी भएर मर्न तयार भएर अरुको जीवन बचाउने शक्ति र सामर्थ्य आम मान्छेमा पाइन्न त्यो गुण दुर्लभ गुण हो, शक्ति हो म आज यिनै महान दाता समीक्षाको स्तुति गर्दै छु । तारिफ गर्दैछु । समीक्षाको चर्चा गर्न पाउँदा भाग्यशाली सम्झेको छु  । एक नेपाली चेलीको त्यागले सम्मोहित भएको छु । प्रिय समीक्षा म तिमीलाई यथोचित श्रद्धा गर्द्छु । सारा नेपालीले माया गर्द्छ्न ।  सामान्य युवती असामान्य क्षमता र करुणा कि धनी उदार हृदयले भरिएकी अनुपम समीक्षालाई कोटि कोटि बन्दना ! आम नेपालीको तर्फबाट हृदयले अभिनन्दन ! शुद्ध मन र मस्तिष्कले अभिवादन ! प्रिय समीक्षा तिमीले ओलीको बचाउ गरेकी मात्र होइनौं भोलिको बचाउ गरेकी हौ ।

नेपाली  जन जनको सपनालाई ब्युताएकी हौ , अजम्बर र अविनाशी मानवत्वको परिचय दिलाएकी हौ । प्रधानमन्त्री मार्फत सम्पुर्ण मृगौला पीडितलाई अप्रत्यक्ष मृगौला दान दिएकि हौ । एक व्यक्ति बचाउदा त्यसबाट लाभान्वित हुने लाखौं छन । आफ्नो जीवनको जोखिम मोलेर समीक्षा तिमीले ओलीको मात्रै उद्दार गरेकी छैनौ सम्पुर्ण नेपालीको भोलिको पनि उद्दार गरेकी छौ भन्ने हाम्रो विश्वास छ । जनताको स्वास्थ रहने चाहनाको आशामा जीवनको नयाँ रङ्ग भरिदिएकी छौ भन्ने मलाई लागेको छ । प्रधानमन्त्री ओली पुर्ण रूपमा स्वस्थ भए पछि नेपालीको स्वास्थ्य जोखिम कम हुनेछ । विशेषत नेपाली स्वास्थ्य क्षेत्रले नयाँ आयम ग्रहण गर्नेछ । स्वास्थ्य र शिक्षाले नवीनता पाउनेछ । जनताको सरल र सहज पहुँच स्वास्थ्यमा रहनेछ ।

असाध्यै दीर्घ रोग , क्यान्सर , मुटु रोग , मस्तिष्क रोग ,मृगौला रोग लगायत संवेदनशील रोग र तिनको उपचार राज्यले आफ्नो दायित्वमा राख्ने होइन कार्यन्वयन गरेर देखाउने छ । जनताले समाजवादको असली स्वाद चाख्न पाउनेछन् । जनपक्षीय निर्णयहरु हुनेछन् । रोगी मृगौला फेरिए झैं ओली कमरेडको घेरा फेरामा बस्ने रोगी विचार र जिर्न रुग्न क्षमता विहिन आठपहरियाहरु फेरिनेछन । मलाई यतिबेला खटकेको कुरा चै के हो भने देशभर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेर करोडौं दीप प्रज्वलित भए तर दुर्भाग्य समीक्षाको स्वास्थ्य लाभ धेरैको विषय बन्न सकेन अत: सम्माननीय प्रधानमन्त्री र अति सम्माननीय समीक्षा बैनी दुवैलाई मैले मेरो कलम मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गर्दैछु । दीप प्रज्वलन गर्दैछु । मृगौला दाता र ग्रहण कर्ता दुवैको स्वास्थमा चमत्कारिक सुधार देखियोस । समीक्षाको त्याग वलिदानी सहाश र प्रधानमन्त्री ओलीको गहिरो आत्मविश्वास सामु मृत्यु पुन एक पटक लज्जित भएर फर्केको छ । अब केही समयको विश्राम पछि प्रधानमन्त्री आफ्नो काममा फर्कनु हुनेछ ।

मृगौला रोग द्वारा दोश्रो पटक मृत्युुलाई पराजित गरे पश्चात् प्रधानमन्त्रीले नेपाली जनमानसमा पार्ने प्रभाव र छोडने छाप अवश्य पनि ऎतिहासिक उपलब्धिपुर्ण र सबैले जय गाउने हुनेछ । हुनुपर्छ । आफ्ना मामासँग समीक्षाले माग्नुपर्ने केही छैन । उपकारमा खोज्नु पर्ने कुरा आवश्यक होइन।  फेरि दानवीरलाई माग्न सुहाउँदैन पनि तर म प्रधानमन्त्री समक्ष समीक्षा मार्फत जनताका चासो गुनासो र देखेसो सुनाउछु स्वास्थ्य संवेदनशीलता पस्किन्छु । जुन कुरा समीक्षाको त्यागको कारण सम्भव बनोस र बन्नुपर्छ । प्रधानमन्त्रीले देशको ढुकुटीको सदुपयोग स्वास्थ्य र शिक्षा क्षेत्रको आमूल परिवर्तन गरेर गर्नु पर्छ वर्तमानमा शिक्षा र स्वास्थ्य नाफा मुलक कर्पोरेट बिजनेस कम्पनी भएको छ । अत्याधिक मुनाफा कमाउने कम जोखिमको ब्यापार भएको छ जुन कुरा प्रधानमन्त्रीले मज्जाले थाहा पाउनु भएको छ । 

सर्वसाधारण जनताको स्वास्थ्य र कृटिकल स्वास्थ्य अवस्था कस्तो हुन्छ स्वंम भुक्त भोगी प्रधानमन्त्रीलाई कसैले सम्झाइ रहनु पर्दैन । मृगौला पीडितको कथा ब्यथा र पिडा प्रधानमन्त्रीले झैँ अरुले बुझ्न सक्दैनन् । किन कि जहाँ ठोकिन्छ त्यहीँ दुखेको अनुभव हुन्छ । मृगौला पीडितको डायलासिस कति खर्चिलो र झन्झट युक्त छ त्यो पनि स्मरण गराउन पर्ने हुन्छ । स्वास्थ्यमा भएको निजीकरणको कारण भुइँ तहका जनताको स्वास्थ्य र स्वास्थ्य शिक्षामा पहुँच नभएको तथ्य पनि सर्वविदितै छ । यसर्थ प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षालाई राज्यको मातहत अर्थात राष्ट्रियकरण गरेर स्वस्थ नागरिक अनि गुणस्तरीय शिक्षाको हक ग्यारेन्टी गरेर नेपाली जनताले गरेको विश्वासलाई सम्मान गर्नु हुनेछ । मृगौला रोगको उपचार अनि मृगौला प्रत्यारोपण कति महंगो र झन्झटिलो छ यसको ’boutमा पनि स्पष्ट दृष्टिकोण र कानुन आजको खाँचो हो । 

मृगौला प्रत्यारोपणमा सहज कानुन नबन्दा मृगौला तस्करीको आरोपमा अस्पतालका डाक्टर र मृगौला पीडितका आफन्त थुनिएको घटना प्रसस्तै सुन्न पाइन्छ त्यता पनि प्रधानमन्त्रीको ध्यान जानुपर्ने छ । अब आफ्नो कार्यकाल भरी प्रधानमन्त्रीले गर्नुपर्ने निम्न कामले प्राथमिकता पायो भने यो यूगकै सर्बाधिक पपुलर प्रधानमन्त्रीको पगरी के पी ओलीको भागमा सुरक्षित हुनेछ । शिक्षा र स्वास्थ्य निशुल्क र सर्व सुलभ , अमानवीय प्रथा जातीय छुवाछूत र छाउ बोक्सी दाइजो प्रकरणको उन्मुल्न । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणका लागि नेपाली डाक्टर र संस्थालाई विश्वास गर्नुले नेपालको आधुनिक चिकित्सा विज्ञानको विकासलाई अन्तर्राष्ट्रियकरण गरेको छ । जसको लागि बधाईको भागीदार नेपाली डाक्टरहरु पनि छन । स्वदेशी डाक्टरहरु प्रतिको भरोसाले सम्पुर्ण डाक्टरहरुको इज्जत बढेकाे छ ।

मेडिकल क्षेत्रले अब आगामी दिनमा गुणात्मक फडकाे मार्नेछ । प्रधानमन्त्रीको मुख्य चासो र परिवर्तनको शुरूवात यसैबाट गर्नुहुनेछ । प्रिय बैनी समीक्षा , प्रिय अन्जाना ओली लगायत सबै महान हृदय भएका दानवीर अनि प्रधानमन्त्री ओली सबैको स्वास्थ्य अनुकुल रहोस । सु स्वास्थ्यको कामना ! देव धर्म निर्वाह गर्न मान्छेहरु बेला बखत मानव चोला ग्रहण गरेर पृथ्वीमा देखा पर्छन् । त्यस्तै मानव अर्थात महामानव हुन ओलीको लागि मृगौला दान गर्ने अन्जना र समीक्षा पनि । 
नेपाली जनताको तर्फबाट हार्दिक आभार र धन्यवाद समीक्षा बैनीलाई ।
गेट वेल सून अल अफ यु । 
भलो चाहने नेपालीहरुको तर्फबाट