चिया पसल

कलेज छेउछाउका ती चिया पसलहरु
जहा युवा युवतीहरुको
कक्षामा भन्दा बढी समय व्यतीत हुन्छ
जहा चल्छन् गफ देश हाक्ने
तरिका सिकाईन्छ स्त्री डाक्ने
जहा हुन्छन् अपरिचित आफ्ना अनि जिग्री
त कसैलाई चासो छ सर्टिफिकेट अनि डिग्री
कोहि भन्दै हुन्छन् ओई हेर्न क्या माल छे
तेरी भन्दा त यो क्या बबाल छे
कोहि हुन्छन् राजनितीको गफमा व्यस्त
त कोहि चियाको चुस्की र चुरोटको धुवामा मस्त

चिया पसल र पसल वरिपरीको हावामा
तपाईले नाईट्रोजन र अक्सीजन जस्ता ग्यास नभै
चुरोटको धुवा र चियाको वाफ भेट्नु हुन्छ
बाउको कमाईले चुरोटको धुवा उडाउदै
चियाको चुस्की लिरहेको सुपुत्रको रवाफ भेट्नु हुन्छ
तपाईले वेश्यालयको फोन नम्बरदेखी
लोकल ठर्रा कहा मिठो पाईन्छ थाहा पाउनु हुन्छ
तपाईले नायक खलनायक
नायीका खलनायीका सब भेट्नु हुन्छ
बस् भेट्नु हुन्न त्यो छोरा र त्यो छोरी
जसलाई बाउ आमाले घरबाट पढ्न पठाएका हुन्

यो सब देखेर आजभोली मलाई पनि लाग्न थालेको छ
कुनै सरकारी कलेजको अगाडी एउटा चिया पसल खोलौ

खड्का जी