भारतबाट आएका दुईजना सहित तीनजना कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ ।
योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।
