सनसिटीका २९८ जना सबैको र्‍यापिड टेष्ट नेगेटिभ

काठमाडौं, वैशाख ३ : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेनेटमा बस्ने दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको छ। 

अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने बेलायतबाट फर्किएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण भेटिएपछि बुधबारदेखि अपार्टमेन्टमा बस्नेहरूको  र्‍यापिड डाइग्नोस्टिक टेष्ट विधिबाट कोरोनाको परीक्षण सुरू गरिएको हो।  

बुधबार अपार्टमेन्टको ब्लक ‘ए’ र अन्य ब्लकका २९८ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएको थियो। तर, सबैको रिपोर्ट नेगेटिभ आएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

कोरोनाको संक्रमण भेटिएका दुई जना अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने भएकाले कोरोना परीक्षण त्यहीबाट सुरु गरिएको हो। 

यसअघि मंगलबार दुई जनामा  कोरोनाको संक्रमण भेटिएपछि सनसिटी अपार्टमेन्टमा प्रहरीले शिलबन्दी गरेको थियो। सनसिटी अपार्टमेन्टमा करिब पाँच सय परिवार बस्दै आएका छन्।काठमाडौँ प्रेस