मिलेमतो

चारैतिर बन्दाबन्दी छ अर्थात् लकडाउन । कोरोनको त्रास भगाउन यसरी बन्दाबन्दीमा बसेको दुई हप्ता भयो । यतिले नपुगेर फेरि पनि थप बन्दाबन्दीमा बसेको छु ।

कति घरभित्रै थुनिएर बस्नु ! आखिर कोरोनाबाट बच्न भीडमा पो जान हुन्न, संक्रमितको छेउमा पो बस्न हुन्न । एउटा निश्चित दूरी कायम गर्ने, प्रतिरोधका लागि स्यानिटाइजर दल्ने, साबुनपानीले ह ात धुने, नाकमुख मास्कले छोप्ने आदि काम गरे पुगिहाल्छ ।

यस्तै सोचेर घरको संघारबाट दुई पाइला निस्कें खुल्ला दृश्य र स्वच्छ हावाको अनुभव गरुँ भनेर । बाटोमा कोही देखिएन । फाट्टफुट्ट एकदुईजना देखें । कुकुरहरु पनि शान्त भएर गुँडुल्किएर बसिरहेको देखें । पर चोकमा दुईजना प्रहरी पहरा दिइरहेका थिए ।

यस्तैमा देखें मैले कोरोना । अचम्म कोरोना ठीङ्ग उभिरहेको थियो शायद कता जाउँ भनेर होला । मलाई देख्नासाथ हातको इशाराले आफूतिर आउन इशारा पो गर्न थाल्यो । यद्यपि म परै थिएँ तैपनि तर्सेर अझ पछि सरेँ ।

घरभित्र पसूँ कि जस्तो लाग्यो । तर म त्यो भन्दा बढी डराइनँ । त्यसको अगाडि पो जान हुन्न । त्यसैले दुई पाइला मात्र पछि सरेर त्यसलाई हेरिरहेँ ।

एकैछिनपछिको दृश्य देखेर म स्तब्ध भएँ । भ्रम हो कि भनेर आँखा मिचेँ । होइन, दृश्य यथार्थ रहेछ । स्तब्ध र आतङ्कित पार्ने । कोरोनाको छेउमा गएर भ्रष्टाचार प्रसाद र तस्करी लाल कानेखुशी गरिरहेका । ’emको मुहारमा डर त्रास र भय केही थिएन । बरु निर्भय र बहादुरीको भाव पो थियो ।

कोरोनाका कीटाणु संक्रमित होला, एउटाबाट अर्कोमा फैलिएला भनेर नैतिकता, इमान्दारी, आस्था, विश्वास र धर्म लकडाउनमा बस्ने तर भ्रष्टाचार र तस्करी भने खुलेआम हिंड्ने !
००