रौतहटका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमित ५४ पुगे भने १६ जना निको भएर घर फर्केका छन्

काठमाडौं, वैशाख १६ : रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवानी नगरपालिका १ का दुई जना पुरुषमा कोरोना संक्रमण भएको पाइएको छ। यो संगै संक्रमित ५४ पुगे भने १६ जना निको भएर घर फर्केका छन्
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए।
भारतको कोलकोताबाट फर्केका २५ वर्षीय पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए।। जनकपुरको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो।
कोरोना संक्रमण पुष्टि भएपछि युवकको खोजी भइरहेको छ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका क्वारेन्टाइनमै रहेका पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो। सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो।
