अन्धाधुन्ध दौड
नेता कप्रसादले भन्यो – कागले कान लग्यो ।
सुनिरहेकाहरु एकछिन अकमकिए । त्यसपछि ती कप्रसादको भनाइ अनुसार कान फिर्ता लिन कागको पछि दौडे । ’emले कागले साँच्चिकै कान लगेको हो कि होइन , हो भने कसरी फिर्ता लिने ? भन्ने ’bout कुनै प्रश्न नै गरेनन् । विश्वास गरेका नेताले भनेपछि ती आँखा चिम्लँदै कुदे ।
अर्कोतिर नेता खप्रसादले भन्यो – साथीहरु कान कागले होइन, चीलले पो लगेको छ । त्यसैले कान फिर्ता लिन चीलको पछाडि लागौं ।
कागको पछि दौड्न अनकनाइरहेकाहरु अब खप्रसादको कुरा पत्याउँदै चीललाई लखेट्न थाले । कागले कान लग्यो भन्ने नेताप्रति ’emको शायद विश्वास थिएन । तर चीलले कान लग्यो भन्ने नेताप्रति भने ’emको विश्वास थियो । त्यसैले विश्वास प्राप्त नेताले भन्नासाथ ती छारतोस् कसिहाले ।
एकछिनपछि तेश्रो थरिका मान्छेहरु गिद्धको पछाडि दौडेको देखियो । शायद तिनका नेताले ’emलाई कान काग र चीलले होइन बरु गिद्धले लगेको छ भनेको हुनुपर्छ । नत्र ती काग र चीललाई छाडेर गिद्धका पछाडि किन दौडन्थे !
सडकमा रमाइलो चहलपहल देखियो । मान्छेहरु समूहबद्ध भएर यताउता दौडिरहेका थिए । यो दौड हेर्दा काग अर्थात् चील या गिद्धले कान मात्र होइन ’emका आँखा, नाक, मुख र दिमाग सबथोक लगेको देखिन्थ्यो ।