लकडाउन फेरि थप्न सिफारिस

काठमाडौं, वैशाख २३ः कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तिरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वैशाख २५ गतेपछि पनि लकडाउन जारी राख्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन जारी राख्ने सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिएको छ। संक्रमणको जोखिम अझै नसकिकाले लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए। लकडाउन कति समयका लागि थप्ने भन्ने अन्तिम टुंगो मन्त्रिपरिषद बैठकले लगाउने छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित थिए।
