कपिलवस्तुमा २ जना संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या १०० नाघ्यो

कोरोनाभाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या सय काटेर १०१ पुगेकोछ।

कपिलवस्तुका २ पुरूषमा बिहीबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछी १०१ पुगेको हो। 

आज थपिएका संक्रमित १६ र २२ वर्षका दुई पुरूषको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन्।

बुधबारमात्रै वीरगन्जमा दुई महिनाका शिशुसहित एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।