एकबाट अर्को जिल्ला आवतजावत गर्ने सबै सवारी पास रद्द

काठमाडौं, वैशाख ३० : गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै सवारी पास रद्द गरेको छ।
मंगलबार मात्रै ५७ जना कोरोना भाइरस संक्रमित थपिएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरेको हो।
बिहीबारदेखि लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ। उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमासमेत पासलाई अनिवार्य गरिएको छ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।
