बाटैबाटो

नेता ग प्रसादले देस यसरी हिँड्नुपर्छ भनेर एउटा बाटोको खाका को¥यो र निर्माण शुरु ग¥यो । उसको बाटोलाई विपक्षीले मन पराएन । बाटोको विषयलाई लिएर विवाद भयो । भनाभन भयो र झगडा पनि भयो । विवाद र झगडाले गर्दा बन्दै गरेको बाटो पुरा हुन पाएन । यसैबीच ग प्रसाद बाटो बनाउन छोडेर हिँड्यो ।

ग प्रसाद हिँडेपछि नेता म प्रसाद अघि स¥यो –बाटो बनाउन । उसले नेता ग प्रसादको भन्दा भिन्दै बाटोको खाका को¥यो र देसको लागि यस्तै बाटोको मात्र उपयोगिता छ भन्दै बाटो बनाउन थालनी ग¥यो । केही दिनपछि विपक्षीलाई उसको बाटो पनि मन पर्न छोड्यो र विरोध शुरु भयो ।

यसैगरी पालैपालो म प्रसाद पछि स प्रसाद , स प्रसाद पछि क प्रसाद आदि नेताहरु छुट्टाछुट्टै बाटोको खाका कोर्दै अघि सरे ।

यस प्रकार मुलुकभरि बाटैबाटो बन्न थाले । तर कुनै पनि पुरा भने हुन पाएनन् । एउटा बाटो बन्न पाएको हुन्न, त्यो हुन्न भन्दै एकथरिले अर्कै बाटो बनाउन थाल्थे । त्यसको पनि विरोध गर्दै अर्कोथरिले फेरि अर्कै बाटो बनाउन थाल्थे । यसरी जहाँतहीँ बाटैबाटो बन्न थाले , तर कुनै पुरा भएनन् ।
अचेल ती छुट्टाछुट्टै बाटाहरुमा मान्छेहरु हिँडिरहेका त हुन्छन् तर दुर्भाग्य कोही कहीँ टुङ्गोमा पुगिरहेका भने हुँदैनन् ।