संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं, जेठ २१ : नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २३०० पुगेको छ। संक्रमितमध्ये २७८ जना निको भएर डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ।
