पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, जेठ २६ : पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षीय पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईतबार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

