जडौरीवादले विस्थापित गरेको नेपालवाद

पृथ्वीनारायण शाहको दिव्य उपदेस देखि महेन्द्रको ब्यबहारिक बिकासको प्रयोग अनि मदन भण्डारीको बहुदलीय जनवाद देखि प्रचण्डको २१ औ सताब्दीको जनवाद भित्रका कतिपय पक्ष नेपालवादका सिलसिला हुन । विपिको समाजवाद देखि केपीको सपनाबाद पनि नेपालवादका अवयव भित्र समेट्न सकिन्छ । नियतिवाद , भाग्यवाद , मगन्तेवाद ,नियतवाद र प्रपन्चवादलाई छोडेर जडौरी वादलाई बिर्सेर नेपालवाद लागु गर्नुपर्छ ।

हामीसँग सब थोक छ तर पनि हामी गरिब छौ , विपन्न छौ , दरिद्रता  प्रदर्शन गरिरहेका हुन्छौ । जडौरीको रुपमा पाएका वाद र सिद्दान्तको पगरी गुथेर हामीले आफ्नो सुन्दरता गुमाएका छौ । लय भंग गरेका छौं । जडौरी यस्तो कपडा हो जुन दाताले आफ्नो आवश्यकता पुरा भए पछि या आफूलाई पुरानो र काम नलाग्ने लागेपछि आफूभन्दा तलकोलाई बक्सिस उपहार र दयाको रुपमा दान गरेको हुन्छ । जुन उपहार प्रापकको शरीर र हुलिया सँग मेल खादैन तर ऊ आफ्नो आवश्यकता र खाँचो अनि ख्वामितको मानको खातिर भिरिदिन्छ , लगाईदिन्छ । भलै सो वस्त्रले उसको लाज ढाकोस या नढाकोस बस घाम पानीसँग जोगाए पुग्यो । जडौरीको विशेषता के भने त्यो लगाउनेको शरीरको आकार र लम्बाई चौडाई अनुसारको हुदैन र प्रस्ट चिनिन्छ त्यो दानको माल हो । जडौरी दिनेले आफ्नो स्वार्थ सिद्द गर्न जडौरी दिएको हुन्छ अत त्याँहा लगाउनेको एक स्वार्थ आवश्यकता हुन्छ भने दिनेको स्वार्थ र रुप बहुआयामिक दृश्य अदृस्य हुने गर्छ ।

नेपालको लागि अमेरिकी सहयोग एमसीसीको ’boutमा यसको स्वार्थ र हाम्रो आवश्यकता बीच पनि यस्तै प्रसंग र सबाल निस्केको हुनाले यसको पक्ष र विपक्षमा समर्थन र बिरोध हुने गरेको छ । यदि नेपालवादी मात्र भएर सोच्ने बोल्ने नेता र राजनीतिक पार्टी हुन्थे भने यो एकमतमा पारित या अस्विकार दुवै हुने सम्भावना थियो । यहाँ हाम्रो मगन्ते मानसिकताले काम गरेको छ । दाने समान केवल दानको संख्या पुर्याउन र कर्मकाण्ड पुरा गर्नको लागि गरिने चलन छ । दान लिने दिने सबै आवश्यकता , खाँचो र अपरिहार्यता भन्दा पनि शैली र मनस्थिति हो , सामान्य प्रचलन र संस्कार हो । दिनेलाई दिउँ दिउँ लागेर दाता बन्न मन लाग्ने र लिनेलाई जे जस्तो भए पनि हिजो देखि लिने अर्थात हात थाप्ने चलन र मानसिकता जे दिए पनि हात थापौ थापौ लाग्ने । जुन मनस्थितिको कारण आवश्यकता नहुदा नहुँदै पनि हात थाप्ने हाम्रो बानी छ । हात थाप्दा कतिपय अवस्थामा हात पोलिएको र हतार हतार थापेर मुखमा क्वाप्प हाल्दा मुख पोलिएको उदाहरण पनि यथेस्ट छन ।

बानी हो , नानीदेखि लागेको हामी हात थाप्छौ । हात नथाप्ने कुरामा पनि हात थाप्नु भित्रको मनोविज्ञान गज्जबको छ । त्यो हो आफ्नो मौलिकता गुमाएर अर्काकोमा भर पर्ने परनिर्भरता । सेकेन्ड ह्यान्ड माल लिने बानी , दान जस्तोसुकै होस ग्रहण गर्ने लोभको कारण आफ्नो हैसियत र ओरिजिनालिटी हामीले गुमाएका छौ भन्नु पर्दा सरम लागे पनि हाम्रो वास्तविकता यही हो । तर अब आफ्नो माटोको अर्ग्यानिक उत्पादन नेपालवादको प्रवर्दन र उदबोधन गर्न ढिला गर्नु मनासिब छैन । हामीले विश्वका अनेकन वाद र सिद्दान्तको जामा पहिरिएर हेरेका छौ । पुँजीवाद ,समाजवाद ,साम्यवाद  किन्तु आफ्नै हावापानी माटो र परिवेश सुहाउदो नेपलाबादलाई होचो हेला गरेका कारण हामी जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेका छैनौ ।

विश्व रङ्गमंचका बहुआयामिकता भित्र जसरी जम्नु पर्ने हो त्यो सकिरहेका छैनौ । यसको मतलव हामीले आफ्नो पथ आफै तय गर्न नसकेर नै अर्काले तय गरिदिएको पथमा अर्काले बोकाइदिएको भारी बोकेर हिडिरहेका छौ । हाम्रो भारी हालिदिने मान्छे अर्कै , बाटो देखाईदिने मान्छे अर्कै तर भारी बोकेर हिड्ने चै हामी । बरु सानो भारी बोकौला , थोरै बाटो हिडौला आफ्नै बल बुता , बर्कतले खनेको बाटोमा हिंडन थालियो भने बिराएको बाटो मोडेर नयाँ बाटोमा आउन सकिन्छ ।

नेपालवाद नै आत्मनिर्भरता र नेपाल बिकासको पहिलो शर्त र मान्यता हो । अब नेपाल वादले हाम्रो माटो चिन्ने ,सिप प्रबिधि र ज्ञानको विस्तार गर्नेछ । हाम्रो माटोको उर्वर क्षमता र सामर्थ्यको असली परिचय दिनेछ । आफ्नो सामर्थ्य र ल्याकत चिनाउन शिक्षाको विकास गर्ने छ । शिक्षालाई सिपमुलक र नैतिकता युक्त बनाउने छ । देस बनाउने आधारशिला र मापदण्डको चिनारी सहित नविन भाष्य सिर्जना गर्नेछ । हामीले मार्क्सवाद माओवाद , लेनिनवाद गान्धिवाद ,अवसरवाद देखि डार्बिनको विकासवाद अनि बिपिवाद , जनवाद, धनवाद ,डनवाद थुप्रै वाद पढ्यौ , अपनाउन प्रयास पनि गर्यौ तर ती सबै वादलाई नेपालवादमा परिणत गर्न सकेनौ त्यसैले आज पनि रन भुल्लमा छौ । अब सम्झन नचाहेको भुलेको वाद आफ्नै नेपालवादको बाटोबाट नेपालको नव निर्माण थाल्ने हो । नेपालवादलाई ग्रहण गर्न अति सजिलो छ । अरुबाद र सिद्दान्तको झिल्के जामा निकालेर फालेपछि हामीसंग जे छ त्यो नेपालवाद हो । नेपाली माटोलाई माया गर्नु नै नेपालवाद हो । अझ सिधै भनौ नेपाली रक्सी खानु नै नेपालवाद हो । नेपाली रक्सी खानुको अर्थ सोझै मदिरापान मात्रै होइन यसको भावनात्मक पक्ष र अंतर्यको रसस्वादन गरेर नेपाली उत्पादन र मौलिकतामा गर्व गर्नु नै नेपाली आत्माको मदिरामा मदहोस हुनु हो । नेपाललाई माया गर्नु हो । कोक छोडेर मोई खानु पनि नेपाली रक्सी खानुजस्तै भावानुवाद हो । नेपाली उत्पादन , नेपाली प्रयोग , नेपाली श्रम र सिप , नेपाली मौलिकता नेपालवाद हो । अभिबादन ग्रिटिंगस पनि नेपाली अर्थात पूर्वीय सभ्यता र संस्कृतिको वैज्ञानिक र स्वास्थ्य वर्दक रहेछ भन्ने कुरा कोरोना कस्टले समेत पुष्टी गरेको छ ।

पूर्वीय अभिभादन शैली अनुकरणीय

हाम्रो पूर्वीय मान्यताको अभिबादन शैली वैज्ञानिक र हितकारी छ । अभिभादन भनेर हगिंग किसिंग देखि हात मिलाउने तरिका भन्दा नमस्कार ,जदौ, दर्शन ,नमस्ते आकर्षक अनि ब्यबहारिक छ । परस्परको स्पर्शको कारण सर्ने रोगबाट टाढा रहन फिजिकल डिस्टयान्सको अभ्यास गर्न पनि हाम्रो अभिभादन शैली सहि छ । जसलाई अवलम्बन गर्दै गरेको पनि पाइएको छ । जुन खुशी र गर्वको कुरा हो । हरेक ठाउँ र स्थानमा आफ्नो शैली जसले कसैको कुभलो गर्दैन त्यहि  हो नेपालवाद ।

नेपालवाद कसैको पेवा दाइजो कोसेली र दान बकस होइन यो आम नेपालीको मौलिकता र पहिचान हो । माटोको सुगन्ध र हृदयको पवित्रता हो । नेपालवाद बोक्न कुनै धर्म ,राजनीति , लिंग र भूगोलले रोक्दैन छेक्दैन । आम नेपालीले आफ्नो घरमा आफ्नो समाजमा आफ्नो आस्थाको पार्टीमा या जहाकाही यसको मर्म र मूल मान्यतालाई आत्मसाथ गर्न सक्छन । नेपालवाद अगाल्न र नेपालवादको अभ्यास गर्न कुनै ठुलो सिद्दान्तको ठेली बोक्नु पर्दैन , महान दार्शनिकहरुको दर्शनको पृष्ठभूमि र आधार चाहिन्न आम नेपालीमा नेपाली मन र मुटु भए पुग्छ । नेपाललाई अगाध माया गर्नु नै यसको दार्शनिक धरातल हो । नेपाली मौलिकताको प्रयोग ,पुनर प्रयोग पुष्टी, पुनर्पुष्टि नै यसका ब्यबहारिक सैद्दान्तिक आधार स्तम्भहरु हुन् । नेपालवाद रुपचन्द्र विष्टको थाहा हो भने भीम बहादुर थापाको खोज पनि ।

पृथ्वीनारायण शाहको दिव्य उपदेस देखि महेन्द्रको ब्यबहारिक बिकासको प्रयोग अनि मदन भण्डारीको बहुदलीय जनवाद देखि प्रचण्डको २१ औ सताब्दीको जनवाद भित्रका कतिपय पक्ष नेपालवादका सिलसिला हुन । विपिको समाजवाद देखि केपीको सपनाबाद पनि नेपालवादका अवयव भित्र समेट्न सकिन्छ । नियतिवाद , भाग्यवाद , मगन्तेवाद ,नियतवाद र प्रपन्चवादलाई छोडेर जडौरी वादलाई बिर्सेर नेपालवाद लागु गर्नुपर्छ । नेपालवादको लागु प्रत्येक व्यक्तिले आफ्नो घरबाट गर्न सक्छ । आफ्नै करेसाबारीको लसुन प्याज खुर्सानी तरकारी देखि धान ,कोदो, मकै, फापर, जौ तिल सम्म आफ्नै उत्पादन खानु नै नेपालवाद हो । आफ्नो माटोप्रति कृतज्ञ बन्नु नै नेपलावाद हो । विदेश जाँदा नेपाली सामग्रीको पोको लिएर जानु र आउदा केवल पैसाको पोको मात्रै ल्याउनु नेपालवाद हो । ग्लोबलाइजेसनको यूगमा पूर्ण आत्मनिर्भरता कसैको हकमा पनि सम्भव छैन तर निर्भरता घटाउन , कमि गर्न र न्यून गर्न अपनाउने सबै उपाय र तरिका अपनाउने हो भने देसको अर्थ तन्त्र बलियो बन्नेछ । विचौलिया अर्थतन्त्रको अन्त्य गरि अर्थतन्त्रको निर्माता कै हातमा पुजी या पैसा मुलत कृषकहरुको हातमा रुपिया नेपालवाद हो । 

नेपाल वादले कृषिमा आधारित उत्पादन , उत्पादन र फेरि पनि उत्पादन नै नीति नारा र ब्यबहार बनाउन सक्नु पर्छ । जडौरी वाद छोडेर सम्पूर्ण पार्टीले नेपालवाद रोजेको आत्मसात गरेको दिन कोरोना कहरले समेत हामीलाई उतिसारो हानि पुर्यौदैन । जति हानि र क्षति अरु वादको पछि लागेर पुर्याउछ । नेपाल वाद आम नेपालीको सिद्दान्त हो लक्ष्य हो धर्म हो सम्पदा र सभ्यता हो ।