नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं, जेठ ३० : नेपालमा कोरोना भाइरसको स‌ंक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अर्चखाँचीको मालारानीस्थित क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको निधन भएसँग मृत्यु हुनेको संख्या १६ पुगेको हो।

उनका अनुसार वृद्धलाई स्वास फेर्न गाह्रो भएपछि लुम्बिनी प्रदेशिक अस्पताल बुटवलबाट उपचार गरि फर्काने क्रममा निधन भएको हो। निधनपछि उनको स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। उनी १२ दिन अघि भारतबाट आएका थिए।